logo
२०८० चैत्र १६ शुक्रवार



प्रधानमन्त्री ओलीद्वारा ‘प्रदेश गौरव भिलेज’ उद्घाटन

मुख्य समाचार |
प्रदेश |


प्रधानमन्त्री ओलीद्वारा ‘प्रदेश गौरव भिलेज’ उद्घाटन


विष्णुप्रसाद पोखरेल
दमक, फागुन १८ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले अब कुनै पनि घरमा ‘घरका तथा फुसको छानो’ नहुने अवस्था सरकारले गर्ने बताउनुभएको छ । खर तथा फुसको छानो भएकाहरुलाई टिनको छानो लगाउने प्रबन्ध सरकारले मिलाउने जनाउदै यसमा ढुक्क हुन उहाँले आग्रह गर्नुभयो ।
मंगलवार झापाको बिर्तामोड–७ मा ३७ परिवारका लागि निर्माण भएको सामूहिक आवास उद्घाटन गर्दैँ उहाँले यस्तो बताउनुभएको हो । तपाईहरु आफ्नो योजना पठाउनुहोस् हामी त्यसका लागि बजेट पठाउँछौ, प्रधानमन्त्री ओलीले भन्नुभयो । अव्यवस्थित रुपमा बसोवास गर्दै आएका ३७ विपन्न परिवारका लागि हेविट्याट नेपालको आर्थिक सहयोग र सहारा नेपालको प्राविधिक सहयोगमा आवास निर्माण भएको हो ।
प्रधानमन्त्री ओलीले पाइलापाइलामा विकासका कामहरु अघि बढाउने तवरले सरकारले कार्य गरिरहेको पनि ओलीले बताउनुभयो । गरिब जनताका लागि सानासाना आवास बनाएर उपलब्ध गराउँदै आइएको ओलीको भनाइ थियो ।
बिर्तामोड नगरपालिकाले संयोजन स्थानीय धनजुजु श्रेष्ठ र कमला श्रेष्ठले १ बिघा ३ कठ्ठा जग्गा उपलब्ध गराए पछि यहाँ सामूहिक आवासका लागि घरहरु बनेका हुन् । चौधरी, कुर्मी र सन्थाल समुदायका विपन्न नागरिकका लागि घरहरु निर्माण भएको बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले बताउनुभयो ।
ओलीले यो बस्तीमा तत्काल बिजुली बत्तीको ब्यवस्थापन गर्न विद्युत प्राधिकरणलाई निर्देशन पनि दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?