logo
२०८१ बैशाख ४ मंगलवार



तोकिएको क्षेत्रमा लगानी नगर्नेलाई कारबाही

अर्थ |


तोकिएको क्षेत्रमा लगानी नगर्नेलाई कारबाही


भेजराज बेल्बासे

काठमाडौँ, फागुन ३ गते । राष्ट्र बैङ्कले आइतबार चालू वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेको छ ।
राष्ट्र बैङ्कको गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिको समीक्षा गर्दै निक्षेप परिचालन उत्साहजनक रूपले बढेको र कर्जा पनि अझ धेरै उत्साहजनक तरिकाले बढेको बताउनुभएको छ । उहाँले कोभिड प्रभावितहरूले पनि सहुलियत कर्जाको राम्रै उपयोग गरिरहेको बताउँदै ब्याजदर क्रमशः घट्दै गएको र वित्तीय पहुँचमा पनि राम्रै सुधार भएको भन्दै उहाँले अभैm वाणिज्य बैङ्क पुग्न बाँकी रहेको चार स्थानीय तहमा पनि वाणिज्य बैङ्कको शाखा पुग्ने बताउनुभयो ।
राष्ट्र बैङ्कले तोकिएका क्षेत्र र लक्षित वर्गमा कर्जा प्रवाह नगर्ने बैङ्कलाई कारबाही गर्ने जनाएको छ । बैङ्क तथा वित्तीय संस्थाले तोकिएका क्षेत्र र वर्गमा प्रवाह गर्नुपर्ने कर्जा लक्षित क्षेत्र र वर्गले प्राप्त गरे नगरेको सम्बन्धमा विशेष अनुगमन गरी उक्त ऋण दुरुपयोग गरेको पाइएमा सम्बन्धितलाई गरिने कारबाहीलाई थप प्रभावकारी बनाउने राष्ट्र बैङ्कले जनाएको छ ।
विद्यमान अनिवार्य नगद अनुपात, वैधानिक तरलता अनुपात र बैङ्कदरलाई यथावत् राखेको राष्ट्र बैङ्कले कोभिड–१९ ले सिर्जना गरेको असहज परिस्थितिको समयमा यी दरहरूमा गरिएको समायोजनलाई आर्थिक क्रियाकलाप सामान्य हुँदै गएसँगै पुनरवलोकन गर्ने व्यवस्था गर्ने जनाएको छ ।
राष्ट्र बैङ्कले १० मेगावाटभन्दा कम क्षमताका आयोजनालाई विशेष पुनर्कर्जामा पहुँच पु¥याइने भएको छ । मौद्रिक नीति समीक्षा गर्दै गभर्नर अधिकारीले १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत् आयोजनालाई विशेष पुनर्कर्जाको पहुँचमा ल्याइने बताउनुभयो । विद्युतीय कारोबारको प्रवद्र्धनका लागि थप नीतिगत व्यवस्था क्यूआर कोड लगायतका विद्युतीय कारोबारको प्रवद्र्धनका लागि आवश्यक थप नीतिगत व्यवस्था गरिने भएको छ ।
विद्युतीय कारोबारको प्रवद्र्धनका लागि वित्तीय साक्षरतामा गरिने निश्चित खर्चहरूलाई संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गणना गर्न सकिने व्यवस्था गरिने छ । डीएपी र डीडीएसम्बन्धी व्यवस्था बमोजिम आयात गर्दा प्रदान गरिने विदेशी मुद्रा सटहीको विद्यमान सीमामा आवश्यकताअनुसार पुनरवलोकन गरिने राष्ट्र बैङ्कले जनाएको छ ।
एक खर्ब ३७ करोड सहुलियतपूर्ण कर्जा
राष्ट्र बैङ्कले २०७७ पुस मसान्तसम्म बैङ्क तथा वित्तीय संस्थाहरूको एक खर्ब ३७ करोड रुपियाँ सहुलियतपूर्ण कर्जामा लगानी भएको जनाएको छ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै गभर्नर अधिकारीले २०७७ पुस मसान्तसम्ममा ६० हजार आठ सय ७९ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भएको बताउनुभयो । पुस मसान्तसम्म प्रवाह भएको सहुलियतपूर्ण कर्जामध्ये कृषि तथा पशुपन्छी व्यवसाय कर्जाअन्तर्गत ३३ हजार आठ सय १७ ऋणीलाई ७६ अर्ब ५९ करोड कर्जा प्रवाह भएको छ भने सहुलियतपूर्ण कर्जाका अन्य शीर्षकअन्तर्गत २७ हजार ६२ ऋणीलाई २३ अर्ब ७७ करोड कर्जा बक्यौता रहेको छ ।
उद्यमशीलताको विकास, उत्पादन अभिवृद्धि र रोजगारी सिर्जना गर्ने उद्देश्यले चालू आर्थिक वर्षमा परिमार्जनसहिते सहुलियतपूर्ण कर्जा कार्यान्वयनमा ल्याइएको थियो । राष्ट्र बैङ्कले कोभिड–१९ ले प्रभावित पेसा, उद्योग र व्यवसायलाई संरक्षण गर्नुको साथै कृषि र साना तथा मझौला र घरेलु व्यवसायलाई सहुलियत दिने उद्देश्यले पुनर्संरचना गरिएको पुनर्कर्जाको नयाँ व्यवस्थाबाट २०७७ माघ मसान्तमा ८७ अर्ब ८७ करोड पुनर्कर्जा स्वीकृति भएको सो अवसरमा जानकारी गराइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?