logo
२०८० चैत्र १५ बिहीवार

  कोरोना विरुद्धको खोपको तयारी तीब्र  



एकदेखि आठ डिग्रीमा एक करोड ७० लाख भाइल भण्डारण हुने

स्वास्थ्य |


एकदेखि आठ डिग्रीमा एक करोड ७० लाख भाइल भण्डारण हुने


केशवराज पौडेल
काठमाडौ, माघ ३ गते । विश्वका विभिन्न कोरोनाविरुद्धको खोपको उत्पादन बढेसँग नेपालमा खोपको भण्डारण क्षमता विस्तार तथा खोप केन्द्रहरुलाई तयारी अबस्थामा राख्नेदेखि कर्मचारी परिचालनको कामलाई तीव्रता दिइएको छ ।
छिटै सम्भवतः फागनुसम्ममा खोप आउने संकेत देखिएपछि नेपालमा रहेका १६ हजार खोप केन्द्रलाई उपयोगमा ल्याउने सरकारले तयारी गरेको छ । नीतिगत र कानुनी जटिलता फुकाइसकेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप कार्यक्रम प्रभावकारी बनाउन पाँच हजार कर्मचारी र ५२ हजार स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने अन्तिम तयारीमा छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका खोप शाखा प्रमुख डा.झलक शर्मा गौतमले एकदेखि आठ डिग्री सेल्सियसमा एक करोड ७० लाख खोपको भाइल भण्डारण गर्न सकिने पूर्वाधारको विकास भैसकेको बताउनुभयो ।
‘धेरै देशका कम्पनीसँग कुरा भएका छन् अधिकाशं सकारात्मक हुने भएकाले छिटोभन्दा छिटो खोप ल्याउन हामीले आवश्यक कार्य गरिरहेका छौ’ डा.शर्माले भन्नुभयो । तर यही समयमा आउँछ भनेर अन्तिम निर्णय भने भैनसकेको उहाँले स्पष्ट पार्नुभयो । नेपालमा छिटोभन्दा छिटो खोप ल्याउने तयारीमा छौ तर यहीनै समयमा खोप आउछ भनेर अहिल्यै भन्न सकिने अवस्था छैन शर्माले भन्नुभयो । सरकारले भारत, चीन, अबर र रसियामा कोरोनाको खोप बनाइरहेका कम्पनीसँग सम्पर्क गरिरहेकाले नेपाल सरकारले फागुनसम्म खोप ल्याउनेमा आशा देखाएको छ ।
औषधि व्यबस्था विभागले अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनिकाले विकास गरको र भारतमा उत्पादन हुन लागेको खोपलाइ आपतकालीन प्रयोगका लागि अनुमति दिने निर्णय गरेसँगै कोरोनाविरुद्धको खोप नेपालमा चाँडै आइपुग्ने अनुमान गर्न सकिन्छ ।
यसैगरी परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको भारत भ्रमणका क्रममा भारतमा उत्पादन हुने खोप नेपाललाई उपलब्ध गराउन गरेको प्रस्तावमा भारत सकारात्मक हुनुले पनि खोप नेपालमा चाँडै आइपुग्ने अनुमान गर्न सकिन्छ ।
विभिन्न देशहरुमा बनिरहेको खोप कम्पनीसँग भैरहेको कुराकानीको आधारमा स्वास्थ्य तथा जनसंख्या स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले केही दिनअघि कोरोनाविरुद्धको खोप फागुनसम्म आउन सक्ने संकेत गर्नुभएको थियो ।
दुईदेखि आठ आठ डिग्री तापक्रममा १ करोड ७० लाख खोपको डोज भण्डारण गर्ने क्षमतासहितको पूर्वाधार तयारीमा तिव्रता र सम्बन्धित मुलुकमा खोप कम्पनीसँग कुटनीतिक तथा प्रत्यक्ष कुराकानीको आधारले पनि नेपालमा छिट्टै कोरोना बिरुद्धको खोप आउन सक्ने संकेत गरेको छ । त्यसका लागि खोप प्राविधिकको प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भैसकेको छ । सो प्रस्तावमा खोप प्राप्तिका आधार, लागत, सुरक्षा, उपलब्धताका कुराहरु स्पष्ट रुपमा लेखिएको छ ।
खोपको अन्योलताको बिचमा मन्त्री त्रिपाठीले आफ्नो व्यक्तिगत जीवनमा फागुन महिना चामत्कारिक हुने बताइसक्नु भएको छ । खोप खरिद प्रक्रिया पारदर्शी र वितरण न्यायपूर्ण हुने र खोप समयमै आउने कुरामा विश्वास गर्न उहाँले सम्पूर्णमा मन्त्री त्रिपाठीले भन्नुभएको छ ।
सरकारले पहिलो चरणमा सरकारले खोप लगाउन अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी, ५५ वर्षमाथिका ज्येष्ठ नागरिक तथा दीर्घरोगीलाई प्राथमिकतामा राखेको छ । सरकारले रुस, भारत र अरबका राजदूतसँग खोप प्राप्तिका सन्दर्भमा सम्बन्धित सरकार र कम्पनीसँग कुराकानी अन्तिम चरणमा पुगेको छ । खोप प्राप्तिका लागि सरकार गम्भीर भएर लागेको र सरकारले च्यानल र सम्भावनालाई नजिकबाट हेरेर काम गरिरहेको डा.शर्माले भन्नुभयो । हामी कोभ्याक्समाथि मात्रै हामी निर्भर नभएर खोप खरिदमा निक्कै अघि बढेका छौ, डा.शर्माले भन्नुभयो । त्यसको रिजल्ट छिट्टै आउँछ उहाँले स्पष्ट पार्नुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?