logo
२०८१ बैशाख ८ शनिवार



नित्य सत्य (कविता)

शनिवार |


नित्य सत्य (कविता)


कणाद महर्षि

कुकुर भुकेका छन्
हात्ती आएर गएको पत्तो छैन
काग कराएका छन्
पीना ! कसैले सुकाएका छैनन्

मानिसहरू
सबै आ–आफ्नै गोरखधन्धामा व्यस्त छन्
के भयो !
के भएन !
के हुनेवाला छ !
कसैलाई थाहा छैन

समय यथावत्
स्वयंलाई गति दिँदै
बाँचेकै छ

अनि के त ?
मात्र सत्य !
आएर जाने ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?