logo
२०८१ बैशाख १३ बिहीवार



बधाई क्लेप्टोमेनिया ( कथा )

शनिवार |


बधाई क्लेप्टोमेनिया ( कथा )


विनोद दीक्षित

निम्नमध्यमभन्दा पनि एक÷दुई स्केल आर्थिक अवस्था खस्केको परिवारको सदस्य मञ्जु पढ्नमा पनि तेज नै थिइन् । आपूm पाँच कक्षामा पढ्ने भए पनि उनको बाहिरी ज्ञान देख्दा परिवारका मात्रै होइन, नातेदार छरछिमेकीहरू छक्क पर्थे । रामायण, महाभारतका कुनै पनि पात्रबारे उनी कुरा गर्दा अलमलिनेहरूलाई गाँठो फुकाइदिने गर्थिन् ।
दुई चुल्ठो र बीचमा खाली सिउँदो उनको पहिचान थियो ।
मामा गाउँबाट आउनुभएको थियो । केही उपहार पनि त्यस परिवारका लागि ल्याउनुभएको थियो ।
मामा नुहाउन गएको बेला कुर्ताको खल्तीबाट एक रुपियाँको नोट चियाइरहेको मञ्जुले देखिन् । हिजो बँधुइलाईको ठूलो लड्डु खाएको उनलाई खुब मन परेको थियो । पैसा थिएन तसर्थ एउटै लड्डु खाएर उनले चित्त बुझाएकी थिइन् । किन हो, उनको घरमा तीलको लड्डु मात्र बन्छ तर उनको घरमा सक्खरको झोलले मुछेको भुमाको लड्डु बँधुइलाई बन्दैन । माघे सङ्क्रान्ति आउने बेलामा यता केही वर्षदेखि आफ्नी आमालाई बँधुइलाईको लड्नु बनाउन आग्रह गरेकी थिइन्, अनि माघे सङ्क्रान्ति सँघारमा हुँदा आमाले ‘छोडिदे नानी, झन्झट छ बनाउन, तँ पो रुचाउँछेस्, अरू सबै तीलकै लड्डु मन पराउँछन् । ल, भैगो अर्को वर्ष तँलाई धीत पुग्ने गरी खान बनाउँला’, भन्नुभएको थियो ।
उनले त्यो एक रुपियाँको नोट झिकेर लुकाइन्, झन्डै दिनभर । मामाले नोट हराएको सके चाल नै पाएनन् किनभने अरू थरीका चार÷पाँच नोट र चानचुन पैसा पनि थिए खल्तीमा ।
अपराह्नतिर गइन् लड्डु किन्न, दिनभरी उनलाई डर थियो, मामाले एक रुपियाँ कतै खसेको भन्लान् कि भन्ने ।
चारवटा ठूला लड्डु किनिन् । दोस्रो सक्नै आँट्दा एउटी भिखारी आफ्नो बच्चालाई बोकेको अवस्थामा उनीतिर हात पसार्दा बाँकी रहेका दुईवटै लड्डु दिनेबित्तिकै अचानक उनमा खुसीको लहर छायो ।
तर तरुन्तै मनमा द्वन्द्व चल्न थाल्यो, चोर्नु ढाँट्नुभन्दा महापाप हो । अनि एकएक मनमा पापका निम्ति भगवान्सित क्षमा माग्नुपर्छ ।
बच्चो कति दिनदेखि भोको होला, आमाको शरीरमा छाला र हाड मात्र छ । भगवान्का हामी सबै सन्तान, मैले के पाप गरेँ ? यदि यस्तो गर्दा पाप लाग्छ र भगवान् रिसाउँछन् भने रिसाऊन् । आपूm चुप लाग्ने र सृष्टि गरिदिएपछि मूक दर्शक भएर हेर्छौं भने म तिमीलाई मान्दिनँ ।
लुक सरिता ! मलाई नास्तिकताले आकर्षण गर्दै छ । ठीक छ, सृष्टिकर्ताले मूक भएर आफ्ना सृष्टिलाई हेरून्, तर असन्तुष्टि बनाएर होइन । लेखक, चित्रकार, सबैले असन्तुलित बनाउँदा–बनाउँदै सन्तुलन बनाएकै हुन्छन् आफ्नो सृष्टिमा । सजीव लाग्नेजस्तो देखिए पनि आखिरमा ती निर्जीव नै हुन् । तर, सृष्टिहरूमध्ये सर्वश्रेष्ठ सृष्टि मानवमा किन असन्तुलन ? किन नारी कमजोर र किन पुरुष बलिया ? त्यही कमजोर भएकै कारण पुरुषहरूद्वारा अधिकांश नारी शोषित हुन्छन् । त्यस्तै बनाउने हो भने पनि फराकिलो दृष्टि र असीमित ज्ञान पनि सुरु भइहाल्दिनुपथ्र्यो, आफ्नो बुद्धि र क्षमताले भ्याउञ्जेल । यदि त्यस्तो भएको भए आज ब्रह्माण्ड भनिन्छ नि, सातौँ आकाश पनि सब मानिसकै मुठीमा हुन्थ्यो ।
सरिता गम्भीर हुँदै भनिन्, तँ केटाकेटी बेलादेखि अलग सोच राख्छेस्, कहिलेकहिले त पागल पनि बनाउँछेस्, हामी सबैलाई आफ्नो कुराबाट खै के जबाफ दिनु ? नबिर्सी अहिले हामी बी.ए.का छात्रा मात्र हौँ, अहिले सिक्ने बेला छ, गुरुको शिक्षा लिने बेला छ, आई.ए. पढ्दा वा यहाँसम्म पढाइ गर्दा तैँले बुझ्नुपर्ने हो । आफ्नै कुरामा जिद्दी नगर् न, यस्तो सुन्दर अनुपम प्रकृति सृष्टि गर्ने भगवान्लाई नमन नै गर्नुपर्छ । संसारले मानेको छ आआफ्ने धर्म बनाएर । अनि नबिर्सौं तैँले जति पनि ठूलो मानिस देखिस्, सबै धर्मप्रति आस्था राख्छन्, यद्यपि प्रश्न ठड्याउने पनि छन् तर तिनको सङ्ख्या झिनो छ ।
मैले नास्तिक भनेर ईश्वर नमान्ने मानिस आपूm भएको कहाँ भनेकी छु र ? सबै धर्मले मानवहितकै कुरा गरेको छ, हाम्रो सनातन धर्मले त मानिसको प्रत्येक मूल्यमान्यतालाई सूक्ष्म ढङ्गले नियाल्दै सही निर्णय पनि गरेको छ । हाम्रै ऋषिमुनिहरूद्वारा रचित मन्त्र, ऋचाहरू उपल्लो छ, भाषाको रूपमा पाली र संस्कृतिलाई जन्म दियो । आज त्यसले विश्वमा अन्य भाषालाई ऊर्जा दियो ।
यी अलि गम्भीर कुरा भए । मुख्य कुरा के भने मञ्जुको भनाइ मानवहितका लागि हो भने समाजलाई मन नपर्ने काम पनि गर्नुपर्छ । मलाई त यो कुरा ठीक लाग्यो ।
मञ्जुले केटाकेटी अवस्थादेखि असहाय, अक्षम र गरिबहरूलाई सहायता आपूmले सकुन्जेल गरिन् । घरको पैसा, कहिले सानोसानो गहना चोर्न छोडिनन् भने पाहुनाका रूपमा आएका सबैका यहाँसम्म कि फुपू–फुपाजु, मामा–माइजू, दिदी–भिनाजु, भान्जा–भान्जी पर्ने सबैको पैसा चोरिन् । नातेदारहरू प्रायः सबले थाहा पाए । एक फुपाजुले त ‘आइ लाइक हर क्लेप्टोमेनिया’ अर्थात् मलाई उनमा लागेको चोर्ने रोग मन पर्छ किनभने उनले आफ्ना लागि कहिल्यै चोरिनन् समेत भने ।
हो, मञ्जुलाई तडकभडक मन पर्दैन, तसर्थ महिलाहरूले आपूmलाई सिँगार्ने गरेको काम कहिल्यै गरिनन् । उनले आफ्नो सादगी नै आपूmलाई मन पर्ने र खान नपाउने गरिब र माग्ने जस्तालाई केही गर्न पाउँदा तिनमा देखिने गरेका खुसी देख्दा आपूm पूरै सिँगारिएको भन्छिन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?