logo
२०८० चैत्र १६ शुक्रवार



हुम्लाबाट स्वाब सुर्खेत पठाइयो

प्रदेश |


हुम्लाबाट स्वाब सुर्खेत पठाइयो
फाइल तस्बिर


सिमकोट, कात्तिक १२ गते ।  जिल्ला अस्पताल हुम्लाले मङ्गलबार ३२ जनाको पिसिआर परिक्षणका लागी स्वाब सङ्कलन गरेको छ । कात्तिक दुई गते स्वाब सङ्कलन गरी ४ गते पोजेटिभ देखिएका एक अनमी र तीन सशस्त्र प्रहरी सहित उनीहरुको सम्पर्कमा आएका गरेर ३२ जनाको स्वाब सुर्खेत पठाइएको छ ।
पोजेटिभ देखिएका चार जना सहित उनका सम्पर्कमा आएका स्वास्थ्यकर्मी र सशस्त्र प्रहरी, एक ड्राइभरको स्वाब आज बुधबार विहान सुर्खेत पठाइएको जिल्ला अस्पतालका सूचना अधिकारी भक्ति फडेराले बताउनुभयो । हुम्लामा हालसम्म नौ जनामा कोरोना सङ्क्रमण देखिएको छ भने चार सक्रिय सङ्क्रमित रहेको सूचना अधिकारी फडेराले बताउनुभयो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?