logo
२०८० चैत्र १६ शुक्रवार



टनेलभित्र तकारी खेती फस्टायो, किसानको जीवनस्तरमा सुधार

अर्थ |
फिचर |


टनेलभित्र तकारी खेती फस्टायो, किसानको जीवनस्तरमा सुधार


नवीन शिशिर विक
बागलुङ, कात्र्तिक ११ गते । काठेखोला गाउँपालिका २ भीमापोखरा क्षेत्रमा अहिले जाताततै प्लाष्टिकका टनेल देखिन्छ । पहिले तराकारीका लागि सिजन कुर्नुपर्ने स्थानीय अहिले बेमौसमी तरकारी फलाएर राम्रो आए गर्न थालेका छन् । भीमापोखरामा व्यवसायिक तरकारी उत्पादनमा जोड दिँदै वडाभित्र ५० वटा तरकारी टनेललाई अनुदान दिएपछि किसान बेमौसमी तरकारी खेतीतर्फ आकर्षित भएका हुन ।
टनेलभित्र सुरक्षित तथा बेमौसमी तरकारी उत्पादन गर्न सकिने हुँदा वडा कार्यालयले ५० वटा टनेल निर्माणका लागि १० लाख ५४ हजार रुपियाँ विनियोजन गरी टनेल निर्माण गरेको हो ।
वडाभित्रका ५० जना अगुवा कृषकको करेसाबारीमा टनेल निर्माण गरेको वडाध्यक्ष विद्यापति शर्माले जानकारी दिनुभयो । गत आर्थिक वर्षको बार्षिक कार्यक्रम अनुसार बजेट विनियोजन गरी टनेल निर्मण गरिएको थियो ।
टनेल निर्माणको लागि वडा कार्यालयले आवश्यक पर्ने फलाम सामाग्री, प्लाष्टिक तथा प्राविधिक जनशक्ति उपलब्ध गराएको थियो । ‘टनेल खेती सुरक्षित र उत्पादनशील हुन्छ’ वडाध्यक्ष शर्माले भन्नुभयो–‘कृषकलाई व्यवसायीक उत्पादनमा जोड्न अनुदानको कार्यक्रम लिएको हो ।’
प्लाष्टिक टनेलमा गोलभेडा, सिमी, भन्टा, साग, बन्दा, काउली, खुर्सानी जस्ता तरकारी खेतीलाई उपयुक्त हुने कृषक याम शर्माको भनाई छ । ‘टनेलमा उत्पादन सुरक्षित हुन्छ’ शर्माले भन्नुभयो–‘बेमौसमी उत्पादन र असिना पानीबाट तरकारी बचाउन टनेल अनिवार्य छ ।’
धेरै पानी पर्दा तरकारीको बोटै सुक्ने र बढी घाम लाग्दा ओईलिने हुँदा टनेल निर्माण व्यवसायिक उत्पादनलाई राम्रो हुने उहाँको भनाई छ । टनेलभित्र झार कम आउने, विषादीको प्रयोगलाई एकीकृत गर्न सकिने जस्ता थप सहजता हुने कृषक शर्माको भनाई छ । वडा कार्यालयले हाल निर्माण भएका टनेलको प्रभावकारी हेरेर आगमी दिनमा थपघट गर्ने वडाध्यक्ष शर्माले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?