logo
२०८० चैत्र १५ बिहीवार



रहस्य ! (कविता)

शनिवार |


रहस्य ! (कविता)


कलानिधि दाहाल

तुफान
ज्वालामुखी
लाभा असरल्ल
सुनामी छल्का
छाल बिस्तारै
लाम लामा
लाभाका बिस्तारै
बैरङ्गी छालामा
अड्दै र बहँदै
बहँदै र अड्दै
डाँडा, डाँडा नभनी
काँडा, काँडा नभनी
भीर, खोँच र पाखा नभनी
एकातिर कालकुट
बहेको छ बीस
अर्कातिर सल्सलाउँदै
चुहेको छ जीव सञ्जीवनी
अमृत !
उनै दृश्य
उनै जीवनगति
तर भिन्नताको
अथाह !
अनन्त !!
निर्बाध निरन्तर
नखोजे पनि रहने
र खोजे पनि नभेट्ने
अजीव र अचम्म
कहाँ छ ?
कस्तो छ ??
कसरी छ ???
कसैले नभेटेको
र कहिल्यै भेट्नै
नसक्ने यो जीव ?
जसको खोजमा
अध्यात्म
ब्रह्म बोल्छ
विज्ञान
परमाणु बोल्छ
र टक्क अडिन्छन्
दुवै
दुई अलग किनारा टेकेर ?

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?