logo
२०८० चैत्र १५ बिहीवार



बाँकेको खजुरामा वातानुकुलित कुखुरा खोर सञ्चालन

अर्थ |
समाज |


बाँकेको खजुरामा वातानुकुलित कुखुरा खोर सञ्चालन
अत्याधुनिक खोरको उद्घाटन गर्दै मन्त्री पौडेल , तस्बिर - सिराज खान



सिराज खान
नेपालगञ्ज, असोज १४ गते । कुखुरा विकास फर्म खजुराले वातानुकुलित अत्याधुनिक कुखुरा खोर बुधबारबाट सञ्चालनमा ल्याएको छ ।
कुखुरा विकास फर्म खजुराको परिसरमा नवनिर्मित अत्याधुनिक खोरको ५ नम्बर प्रदेशकी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले एक समारोहकाविच बुधबार दिउँसो उद्घाटन गर्नुभयो ।
वातानुकुलित खोरको उद्घाटन गर्दै मन्त्री पौडेलले अत्याधिक गर्मी हुने ठाउँमा कुखुराको विकासका लागि यो खोर नमूनायोग्य रहेको बताउनुभयो । उहाँले कृषिको विकास प्रदेश सरकारको प्रमुख प्राथमिकता रहेको जनाउँदै कृषिको विकासबाटै आर्थिक समृद्धि सम्भव भएको बताउनुभयो ।
कोभिड १९ का कारण देशको अर्थतन्त्र सबैभन्दा बढी प्रभावित भएको जनाउँदै उहाँले कोभिडको मारबाट मुलुकलाई माथि उकास्न कृषिको विकासमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
कृषिको विकासका लागि कृषि अनुसन्धान परिषदसँग मिलेर काम गर्ने गरी छलफल अघि बढेको मन्त्री पौडलले बताउनुभयो ।
खजुरा विकास फर्मका प्रबन्धक डा.शंकर न्यौपानेले बाँके जिल्ला देशकै अत्याधिक गर्मी हुने ठाउँ भएकाले यस प्रकारको खोरले कुखुरा उत्पादन सहज हुने बताउनुभयो ।
उहाँले यहाँ चैत बैशाखमा अत्यन्त गर्मी हुनुका साथै आद्र्रता पनि कम हुने र साउन भदौमा गर्मीसँगै आद्र्रता पनि बढी हुने हुँदा कुखुरा हुर्काउन अप्ठेरो परिरहेको अवस्थालाई मध्यनजर गर्दै प्रदेश सरकारबाट वातानुकुलित उपलब्ध बजेटमा खोर निर्माण गरिएको बताउनुभयो ।
प्रबन्धक न्यौपानेले सो खोरमा ५ हजार कुखुरा अट्ने क्षमता रहेको बताउनुभयो । ओम कन्स्ट्रक्सन नेपालगञ्जले ८२ लाख २६ हजारमा ठेक्का सम्झौता गरेर उक्त खोरको निर्माण पुरा गरेको थियो । गत माघमा निर्माण शुरु गरिएको खोरको निर्माण कार्य असारमा सम्पन्न भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?