logo
२०८० चैत्र १६ शुक्रवार



राष्ट्रपतिसमक्ष गणतन्त्र कोरिया र युरोपियन युनियनका राजदूतबाट ओहदाको प्रमाणपत्र पेश

मुख्य समाचार |


राष्ट्रपतिसमक्ष गणतन्त्र कोरिया र युरोपियन युनियनका राजदूतबाट ओहदाको प्रमाणपत्र पेश
गणतन्त्र कोरिया राजदूत पार्क चोङ सुक र युरोपियन युनियनका राजदूत नोना डेप्रेज राष्ट्रपति भवन, शितलनिवासमा


गोरखापत्र अनलाइन
काठमाडौँ, असोज ११ गते ।  राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दुईजना नयाँ आवासीय राजदूतहरूले एक विशेष समारोहबीच आ–आफ्नो ओहदाको प्रमाणपत्र पेश गर्नुभएको छ ।

गणतन्त्र कोरियाका राजदूत पार्क चोङ सुक र युरोपियन युनियनका राजदूत नोना डेप्रेजले राष्ट्रपति भवन, शीतलनिवासमा ओहदाको प्रमाणपत्र पेश गर्नुभएको हो ।

सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?