logo
२०८० चैत्र १६ शुक्रवार



बेलायतमा दैनिक रुपमा महामारी शुरु भए यताकै धेरै सङ्क्रमित

अन्तर्राष्ट्रिय |


बेलायतमा दैनिक रुपमा महामारी शुरु भए यताकै धेरै सङ्क्रमित
तस्विर-फाइल


लन्डन, असोज ९ गते।
बेलायतमा पछिल्ला दिनहरुमा धेरै जना सङ्क्रमित भेटिन थालेका छन् ।यहाँका अधिकारीहरुले बेलायतमा महामारी शुरु भए यताकै धेरै सङ्क्रमित एक दिनमा भेटिन थालेका अधिकारीहरुले जनाएका छन् ।
उनीहरुका अनुसार बिहीबार मात्र त्यस अघिको २४ घन्टामा छ हजार ६३४ जना नयाँ सङ्क्रमित थपिएका छन् ।यो सङ्क्रमण शुरु भए यताको ठूलो संख्या हो । यो समेत गरी यहाँ सङ्क्रमितको जम्मा संख्या चार लाखभन्दा बढी पुगेको छ ।
बेलायतको जनस्वास्थ्य कार्यालयले बेलायतमा ४ लाख १६ हजार ३६३ जना सङ्क्रमित पुगेका बिहीबार जानकारी गराएको समाचारमा जनाइएको छ । बिहीबार ४० जनाको ज्यान गएको समाचारमा जनाइएको छ । यो समेत गरी बेलायतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४१ हजार ९०२ पुगेको बताइएको छ ।

बुधबार पनि यहाँ ६ हजार १७८ जना नयाँ संक्रमित भेटिएका थिए । त्यस दिन यहाँ ३७ जनाको ज्यान गएको थियो । बेलायतमा दोस्रो चरणको संक्रमण देखिएको यहाँका जनस्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?