logo
२०८० चैत्र १६ शुक्रवार



मकवानपुरबाट एक क्विन्टल चार किलोग्राम गाँजासहित तीन जना पक्राउ

प्रदेश |


मकवानपुरबाट एक क्विन्टल चार किलोग्राम गाँजासहित तीन जना पक्राउ


शिवकुमार काशी

हेटौँडा, असोज ६ गते । गाँजा ओसारपसारमा संलग्नता रहेको भन्दै प्रहरीले मकवानपुरको मनहरी गाउँपालिका ६ लोथर खोला किनारबाट गाँजासहित तीनजनालाई पक्राउ गरेको छ ।

सुनाचुरी प्रहरी चौकीबाट खटिएको टोलीले मंगलबार बिहान लोथर खोला किनारबाट १ क्विन्टल ४ किलोग्राम गाँजासहित राक्सिराङ गाउँपालिकाका तीनजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा राक्सिराङ गाउँपालिका ९ बस्ने बर्ष २६ को कपिल भन्ने रुप खड्का ठकुरी र सोही स्थानका ३० बर्षीय टलक बहादुर घलान रहेका छन् । त्यसैगरी राक्सिराङ गाउँपालिका ४ का २७ बर्षीय मदन कोइरालालाई पनि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मनहरीले जानकारी दिएको छ ।
पक्राउ परेकाहरुबारे थप अनुसन्धान भइरहेको र आवश्यक कानूनी कारबाही प्रक्रिया पनि अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?