logo
२०८१ बैशाख ५ बुधवार



गाजापट्टीबाट इजरायली भूमिमा क्षेप्यास्त्र प्रहार

अन्तर्राष्ट्रिय |


गाजापट्टीबाट इजरायली भूमिमा क्षेप्यास्त्र प्रहार
तस्विर-एनबीसी न्यूज


तेलअभिभ, भदौ ३१ ग्ते। इजरायली सेनाले गएराति प्यालेस्टिनीहरुको बसोबास रहेको गाजापट्टीबाट इजरायलतर्फ १५ वटा क्षेप्यास्त्र प्रहार भएको जनाएको छ । त्यसको जवाफमा सेनाले गाजा क्षेत्रमा रहेका हमासका लडाकूहरु लुकेर बसेका क्षेत्रलाई लक्षित गरी हवाई कारबाही गरिएको बताएको छ । इजरायली सेनाले हमासका हातहतियार निर्माण स्थल तथा सैनिक परिसरलाई ध्वस्त बनाएको दाबी गरेको छ ।
इजरायली सेनाको वक्तव्यमा भनिएको छ, “गाजा क्षेत्रमा रहेका आतंककारीहरुले गएराति इजरायलतर्फ १५ वटा क्षेप्यास्त्र प्रहार गरेका थिए । त्यसको बदलामा इजरायली हवाई फौजले गाजास्थित हमासका ठेगानाहरुमा फौजी कारबाही गरेको छ ।” इजरायली सेनाले इजरायली भूमिलाई लक्षित गरी कुनै कारबाही भए त्यसको जवाफ दिन इजरायल सक्षम रहेको बताएको छ ।
यसअघि इजरायली सेनाले दक्षिणी इजरायलमा हवाई साइरन बजाएको जनाएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?