logo
२०८० चैत्र १५ बिहीवार



कोरोनाले चार करोड ७० लाख महिलालाई अति गरिबीतर्फ धकेल्छः राष्ट्रसङ्घ

अर्थ |
अन्तर्राष्ट्रिय |


कोरोनाले चार करोड ७० लाख महिलालाई अति गरिबीतर्फ धकेल्छः  राष्ट्रसङ्घ


संयुक्त राष्ट्रसङ्घ, भदौ १८ गते । विश्वभरि महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण आगामी वर्ष चार करोड सात लाख महिला अति गरिबीतर्फ धकेलिने अनुमान गरिएको छ । संयुक्त राष्ट्रसङ्घले हालै सार्वजनिक गरेको एक विवरणमा सन् २०२१ मा यस्तो असर देखिने उल्लेख गरिएको छ ।
कोरोनाभाइरसको महामारीले पुरुष र महिलाबीचको खाडललाई पनि नाटकीय हिसाबले वृद्धि गर्ने देखिएको प्रतिवेदनमा जनाइएको छ । संयुक्त राष्ट्रसङ्घको युएन वुमन र राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)ले महिलाहरूको गरिबीको अवस्था अत्यधिक बढ्ने चिन्ता व्यक्त गरेको छ ।
सन् २०१९ देखि सन् २०२१ सम्ममा महिलाहरूको गरिबी वृद्धिदर २.७ प्रतिशतसम्म हुने अनुमान गरिएको छ ।
राष्ट्रसङ्घीय निकायहरूले कोरोनाभाइरसले उत्पन्न गरेको महामारीबाट नौ करोड ६० लाख मानिस गरिबीको रेखामुनि पर्ने प्रक्षेपण गरेका छन् । तीमध्ये महिलाको सङ्ख्या चार करोड ७० लाख हुने अनुमान गरिएको हो ।
सर्वेक्षणकर्ता तथा अध्ययनकर्ताहरूले सन् २०३० सम्ममा मात्रै कारोनाभाइरसको सङ्क्रमण शुरु हुनुभन्दा अगाडिको अवस्थामा पुग्न सकिने विश्लेषण गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?