logo
२०८१ बैशाख ८ शनिवार



विश्वमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई करोड तेह्र लाख नाघ्यो

अन्तर्राष्ट्रिय |


विश्वमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई करोड तेह्र लाख नाघ्यो
तस्विर–फाइल


जेनेभा, स्वीट्जरल्याण्ड
साउन ३१ गते । विश्वमा दुई करोड १३ लाख ५७ हजार ८९० जना कोरोना भाइरस सङ्क्रमित भएका विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ । सङ्गठनकाअनुसार शनिबारसम्म विश्वभरि कोरोना भाइरस सङ्क्रमणबाट सात लाख ६३ हजार ३८७ लाख व्यक्तिको मृत्यु भएको छ ।

सङ्क्रमित मध्ये हालसम्म एक करोड ४१ लाख ५१ हजार ७६६ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ६४ लाख ४२ हजार ७३७ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरूको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ६४ हजार ५५९ जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।

चीनको हुबेइ प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस सङ्क्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।
डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ५४ लाख ७६ हजार २६६ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ७१ हजार ५३५ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा ५१ लाख ५६ हजार ८२ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । दक्षिण अमेरिकामा एक लाख ७३ हजार २८३ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ६४ लाख ५४ हजार ७५९ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । दुई लाख ४४ हजार ९०७ जनाको मृत्यु भएको छ ।

युरोपमा ३१ लाख २९ हजार ५४५ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने दुई लाख दुई हजार ५०१ को मृत्यु भएको छ । एसियामा ५४ लाख ९० हजार ३०९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने एक लाख १७ हजार १३३ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा ११ लाख एक हजार ३४२ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २५ हजार १४३ जनाको मृत्यु भएको छ । ओसियानामा २५ हजार १३२ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने ४०५ जनाको मृत्यु भएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?