logo
२०८० चैत्र १६ शुक्रवार



सवारी पास रोकिएपछि कर्मचारी भए फुर्सदिला

फिचर |
पढ्नै पर्ने |


सवारी पास रोकिएपछि कर्मचारी भए फुर्सदिला


नवीन शिशिर विक

बागलुङ, साउन २९ गते । दैनिक सय बढी सेवाग्राहीको भिडभाड हुने जिल्ला प्रशासन कार्यालय बिहीबार सुनसान भएको छ । सेवाग्राहीको छिटफुट उपस्थितिले गर्दा प्रशासन सेवाग्राहीविहीनजस्तै देखिएको हो ।

सरकारले बिहीबारदेखि देशव्यापी रुपमा अन्तरजिल्ला सवारी पास बन्द गरेपछि नागरिकता र पासपोर्ट, नामथर प्रमाणितका सेवाग्राही मात्रा आएका छन् ।

पासका लागि दैनिक करिब सयौँको सङ्ख्यामा आउने सेवाग्राहीको शून्य उपस्थितिले प्रशासनका कर्मचारी लकडाउनपछि पहिलो पटक फुर्सदिला भएका हुन् ।

‘लकडाउनयता पहिलो पटक फुर्सद भएको छ’ जिल्ला प्रशासन कार्यालय बागलुङका प्रशासकीय अधिकृत धिरेन्द्रराज पन्तले भन्नुभयो, ‘आज त काम पनि नपुगेजस्तो भएको छ ।’

प्रशासनका कर्मचारीले शनिबारसमेत सेवा प्रवाह गर्दैआएका छन् । हालसम्म करिब चार हजार सवारीले पास लिएर यात्रा गरेको प्रशासकीय अधिकृत पन्तको भनाइ छ । सवारी पास बन्द भए पनि सोधिखोजीका लागि दुईचार जना सेवाग्राही आएको पन्तले बताउनुभयो ।

आकस्मिक बिरामीलाई पासको आवश्यक पर्ने छैन । एम्बुलेन्स प्रयोगले बिरामी एक जिल्लाबाट अर्काे जिल्ला जान सक्छन् । सवारी पास बन्द भएपछि लकडाउनको झल्को देखिएको छ । असार ७ गते बन्दाबन्दी खुलेपछि प्रशासनले अत्यावश्यक कामका लागि अन्तर जिल्ला जान सवारी पास वितरण गर्दैआएको थियो ।

कोरोना भाइरसको उच्च जोखिमलाई ध्यानमा राखेर प्रशासनले गृह मन्त्रालयको निर्देशनअनुसार अर्काे व्यवस्था नभएसम्मको लागि सवारी पास वितरण सेवा बन्द गरेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?