logo
२०८१ बैशाख ७ शुक्रवार



भारतमा एकै दिन ६१ हजार सङ्क्रमित

अन्तर्राष्ट्रिय |


भारतमा एकै दिन ६१ हजार सङ्क्रमित
तस्विर–फाइल


नयाँदिल्ली, साउन २८ गते। भारतमा कोरोनाभाइरसबाट पछिल्लो २४ घण्टामा झण्डै ६१ हजार सङ्क्रमित भेटिएका छन् ।
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारी अनुसार ६० हजार ९६३ जना सङ्क्रमित भेटिएका हुन् । योसँगै भारतमा कुल सङ्क्रमितको संख्या २३ लाखभन्दा बढी पुगेको छ । भारतमा कोरोनाकै कारण अहिलेसम्म ४६ हजार ९१ जनाको मृत्यु भएको छ । तीमध्ये ८३४ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।
कुल सङ्क्रमित २३ लाख २९ हजार ६३९ मध्ये छ लाख ४३ हजार ९४८ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने १६ लाख ३९ हजार छ सय जना निको भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?