logo
२०८१ बैशाख ११ मंगलवार



गीत

शनिवार |


गीत


दिनेश अधिकारी

को हुन् ती आउँछन् र गाई बस्छन् सधैँ रमाइला गीतहरू
खुसीमा छन् कि ? छोप्दैछन् तिनले छातीमा दुख्ने प्रीतहरू ?

आँसुको झरी पर्दैन जस्तो, गालाको लाली झर्दैन जस्तो
जिन्दगी सधैँ यत्तिकै चल्छ, घडीको सुई सर्दैन जस्तो
सुसाई हिँड्छन् खोला–नदी झैँ टेक्तै सुनौला शीतहरू
खुसीमा छन् कि ?...

के हो यो के हो सपना जस्तो, आकाश ढाक्ने कल्पना जस्तो
टिप्दै ती हिँड्छन् फूलका थुँगा, भोलिको चिन्ता क्यै छैन जस्तो
बालेर हिँड्छन् कतै नहेरी आँखामा रङ्गीन दीपहरू
खुसीमा छन् कि ?

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?