logo
२०८१ बैशाख ७ शुक्रवार



पाँच बालबालिकासहित ३३ जनामा कोरोना सङ्क्रमण पुष्टि

फिचर |


पाँच बालबालिकासहित ३३ जनामा कोरोना सङ्क्रमण पुष्टि
सांकेतिक तस्बिर


अविनाश चौधरी

धनगढी, साउन २० गते । सुदूरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पतालस्थित प्रयोगशालामा गरिएको परीक्षणमा आज पाँच बालबालिकासहित ३३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

अस्पतालले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १७० स्वाब नमूना जाँच गर्दा ३३ जनामा सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमितमध्ये सबैभन्दा बढी २१ जना कैलालीका रहेका छन् । कैलालीको गोदावरी नगरपालिकामा आठ महिना, तीन वर्षीया, पाँच वर्षीया बालिका र पाँच तथा सात वर्षीय बालकसहित १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

यसैगरी, कैलालीकै कैलारी गाउँपालिकामा सात, अछामको बान्निगढी गाउँपालिकामा ११ जना र कञ्चनपुरको भीमदत्त नगरपालिकामा एक जना सङ्क्रमित फेला परेका छन् । यो प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या र नयाँ सङ्क्रमण वृद्धिदर कैलालीमा सबैभन्दा बढी रहेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?