logo
२०८० चैत्र १६ शुक्रवार



ब्राजिलमा कोभिड-१९ बाट ९० हजार बढीको मृत्यु

अन्तर्राष्ट्रिय |


ब्राजिलमा कोभिड-१९ बाट ९० हजार बढीको मृत्यु
तिस्वर–बिजनेश इन्साइडर


रियो डि जानेरो, साउन १५ गते । ब्राजिलमा २४ घन्टायता मात्र करिब ६९ हजार जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । गएको २४ घन्टामा एक हजार ५९५ जनाको कोरोना भाइरसका कारण निधन भएको छ ।

योसँगै ब्राजिलमा अब कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या ९० हजार नाघेको छ । ब्राजिलमा योसँगै सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ९० हजार १३४ पुगेको बिहीबार प्राप्त भएको समाचारमा स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन् । सङ्क्रमितको सङ्ख्या कम्तीमा पनि २५ लाख पुगेको पनि ब्राजिलका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । बिहीबार दिएको जानकारीअनुसार यहाँका ९० हजार भन्दा बढीले कोरोनाकै कारण ज्यान गुमाएका छन् ।

ब्राजिलमा अमेरिकापछि सबैभन्दा बढी कोरोना प्रभावित देश हो । यहाँ अझै ठूलो सङ्ख्यामा नागरिक सङ्क्रमित भएको आशङ्का गरिएको छ । तर पनि परीक्षणको सङ्ख्या बढाउनुपर्ने उनीहरूको भनाइ छ । कतिपयले ब्राजिलका राष्ट्रपति जैर बोल्सेनारोले कोरोनाको सङ्क्रमणलाई गम्भीरताका साथ नलिएका कारण यस्तो अवस्था आएको बताएमा छन् । ब्राजिलमा सङ्क्रमण सुरु भएको दिनमा लकडाउन गरिएको थिएन । ब्राजिलका राष्ट्रपति जैर बोल्सेनारोले लकडाउनको विरोध गर्नेहरूलाई समर्थन गरिरहेको आरोप लगाइएको थियो ।
यसै कारण ठूलो सङ्ख्यामा सङ्क्रमण फैलिएको बताउने गरिएको छ । हाल ब्राजिलमा दैनिक ५० हजारभन्दा बढी मानिस सङ्क्रमित हुने गरेका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?