logo
२०८० चैत्र १५ बिहीवार



फ्रान्स प्रवेश गर्ने भारतसहित १६ देशका आगन्तुकलाई परीक्षण अनिवार्य

अन्तर्राष्ट्रिय |


फ्रान्स प्रवेश गर्ने भारतसहित १६ देशका आगन्तुकलाई परीक्षण अनिवार्य


पेरिस
साउन १० गते । फ्रान्समा कोरोनाभाइरसको दृष्टिले धेरै जोखिममा रहेका देशहरूबाट आउने आगन्तुकहरूलाई परीक्षण बिना प्रवेश गर्न कडाइ गरिने भएको छ ।
प्रधानमन्त्री जेन कस्टेक्सले यो व्यवस्था आगमी अगस्ट १ देखि लागु हुने शुक्रबार जानकारी दिनुभएको हो ।

सिमानामा सुरक्षा र सतर्कता कायम राख्ने सरकारको नीतिअन्तर्गत परीक्षणलाई कडाइ गर्ने व्यवस्था गर्न लागिएको उहाँको भनाइ छ ।उहाँका अनुसार अमेरिका, ब्राजिल, भारत, अल्जेरिया, बहराईन, इजरायल, दक्षिण अफ्रिका, कुवेत, कतार, युएई, ओमन, पनामा, पेरु, सर्बिया, टर्की र मडागास्करबाट आउने यात्रुलाई परीक्षण अनिवार्य गर्न लागिएको हो । फ्रान्सले ती देशहरूलाई कोरोनाको दृष्टीकोणले खतरापूर्ण अवस्थामा रहेका देशहरूको सूचीमा राखेको अधिकारीहरूले जनाएका छन् ।

“ती देशहरूमा परीक्षण नगर्ने रणनीति लिइएको छ । त्यसैले हामीले परीक्षण गर्नुपर्ने व्यवस्था गर्न लागिएको हो । यो कार्यान्वयन गर्न धेरै गाह्रो छ भन्ने हामीलाई थाहा छ । तै पनि गर्ने निर्णयमा पुगेको छौँ,” उहाँले भन्नुभयो । सिमाना जोडिएको स्पेनबाट हुने आवतजावतलाई कसरी सुरक्षित बनाउने भन्ने बारेमा छलफल भइरहेको र आवतजावतलाई अति न्यून बनाउने प्रयास गरिने पनि उहाँले जानकारी दिनुभयो ।

फ्रान्समा शुक्रबारसम्म एक लाख ८० हजार ५२८ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । तीमध्ये एकैदिनमा एक हजार १३० जना थपिएको अधिकारीहरूले जनाएका छन् । यो सङ्ख्या एक दिनअगाडि एक हजार ६२ मात्रै रहेको थियो ।

कोरोनाभाइरसका कारण फ्रान्समा अहिलेसम्म तीस हजार १९२ जनाको मृत्यु भएको छ । तीमध्ये दश जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?