logo
२०८१ बैशाख १२ बुधवार



छोराछोरीको बाबु (कथा)

शनिवार |


छोराछोरीको बाबु (कथा)


अर्जुन थापा

आजभन्दा पच्चीस वर्ष अगाडि बुहारी भएर यो घरमा भित्रिएकी थिएँ । पूरै तामझामका साथ चितवनबाट मलाई गाडीमा लिएर आएको थियो उसले । कहिलेकाहीँ सम्झन पुग्छु ती पुराना कुरा । गाडीको अगाडिको सिटमा हामी दुई दुलहादुलहीका रूपमा बसेका थियौँ । जन्ती गएकाहरूले हामीलाई जिस्क्याइरहेका थिए । गीत घन्किरहेको थियो तर मेरो पूरै ध्यान दुलहातिर गइरहेको थियो । बसले घरीघरी ब्रेक लगाउँदा, उसले मलाई समाउँदा पनि कति आनन्द लागिरहेको थियो । अझ साथीहरूले पहिलो रातबारे अनेकौँ कुरा सुनाएका थिए । ती कुरा मनमनै खेलाउँदै गर्दा काठमाडौँ आइपुगेको पत्तै पाएकी थिइनँ ।
विदेशमा हुर्केबढेको भए पनि दाजुको वचनलाई शिरोपर गरेर विवाहका लागि मञ्जुरी दिएकी थिएँ । दाजुहरूले हेरेको केटा पक्कै पनि राम्रो हुनेछ, मेरो भाग्यमा राम्रो लेखेको छ भने राम्रो नै हुन्छ भनेर मान्छे नहेरीकनै मञ्जुरी दिएकी थिएँ । समयले कति परिवर्तन गर्दोरहेछ मान्छेलाई । विगतमा मैले भोगेका कुरा जोकोहीले सुन्ने हो भने विश्वास गर्नै गाह्रो हुन्छ । ‘यस्तो पनि हुन्छ र ! यतिसम्म पनि सहन सक्छ र ?’ भनेर अवश्य प्रश्न गर्नेछन् मान्छेहरुले ।
समय बित्दै जाँदा एउटै ओछ्यानबाट हामी दुई अलग अलग कोठामा सुत्ने भइसक्यौँ, विगत दश वर्षदेखि । मान्छेका अगाडि लोग्नेस्वास्नी त हो तर मेरा लागि छोराछोरीको बाउ मात्र हुन पुगेको छ अहिले ऊ ।
किन र कसरी यस्तो हुन पुग्यो त ?
यस्ता प्रश्न धेरैले गर्ने गर्छन् मलाई । बानी परेर होला हाँसी मात्र राख्छु अचेल म । जुन विषयबारे अब कुरा गर्नु नै छैन भने किन हरेकलाई स्पष्टीकरण दिइराख्नु मैले । ‘मम्मी हजुरको ज्वाइँले पनि मलाई यही प्रश्न गरेर दिक्क पारिसक्नु भा’को छ । पुराना सबै कुरा भुलेर बाबा र तपार्इं मिलेर बसे हामीलाई पनि कति आनन्द आउँथ्यो । नयाँ बुहारी यस घरमा आएपछि हजुरहरू अलग सुतेको देख्दा के सोच्छे उसले ?’ भनेर छोरीले भन्दा पनि केही उत्तर दिइनँ । लोग्ने र मेरो कोठा आमुन्नेसामुन्ने छ । हरेक दिन कामबाट फर्कन्छ र कोठामा बसेर रक्सी पिउँदै पुराना गीत सुन्न थाल्छ ऊ । नचाहेर पनि उसका ती क्रियाकलाप हेरिरहन्छु विगत दश वर्षदेखि । चुरोटको धुवाँमा घेरिएर खोकिरहेको देख्छु उसलाई कोठामा । घरीघरी हामी दुईका आँखा जुध्न पुग्छन् । ‘मलाई देख्दा के सोच्छ होला उसले ? उसको मनमा लाग्दो हो कि यति राम्री स्वास्नी छे र पनि छुन नपाउनु मैले भनेर उसको पुरुषत्व जाग्दो हो । स्वास्नी हो जे गर्ने पनि अधिकार छ भनेर दिमाग तात्दो हो । विगत दश वर्षदेखि स्वास्नीलाई छुन त के राम्ररी दुई शब्द मिठो बोल्नसमेत नपाउँदा उसको मनमा कति पोल्दो हो ।’ जब आफ्नै कोठामा एक्लै यताउति गरेको देख्छु उसलाई यस्ता अनेकौँ कुरा दिमागमा खेल्छन् ।
छोरी बिहे गरेर आफ्नो घर गइसकी । ढिलोचाँडो छोराले पनि बिहे गर्छ र उनीहरू पनि आफ्नो बाटो लाग्छन् । त्यसपछि यत्रो घरमा हामी दुई मात्र बाँकी रहनेछौँ । उसले जानीजानी आफूलाई रक्सी र चुरोटको लतमा डुबाउँदैछ । जसको परिणाम अन्त्यमा मैले नै भोग्नुपर्नेछ । जिन्(दगीमा कहिल्यै मनबाट नहाँसी र खुशी नभई सकिन्छ भन्ने थाहा भइसकेको छ मलाई ।
मलाई पनि हाँस्न मन लाग्छ । अरूहरूको जस्तै बुढाबुढी जिस्कँदै कतै घुम्न जान मन लाग्छ होला । खाना पकाउँदै गर्दा लोग्नेले पछाडिबाट च्याप्प अँगालो हालिदियोस् भन्ने चाहना मेरो पनि छ होला । तिम्रो अँध्यारो मुख छ, के भयो तिमीलाई भनेर मेरो हात समातेर सोधी दियोस् भन्ने इच्छा कसलाई हुँदैन र ? जस्तो जे भए पनि लोग्ने थियो ऊ मेरो । कति सपनाहरूका साथमा यो घरमा आएकी थिएँ, पच्चीस वर्ष अगाडि तर त्यो पहिलो रात नै मेरो सबैभन्दा बीभत्स रात हुन पुग्यो ।
के भयो र त्यस रात ?
‘तिम्रो कतिवटा केटारूसँग सेक्स भइसकेको छ ? विदेशमा बसेकी तिमी सेक्स नगरी त पक्कै बसेकी छैनौ होली ?’ उसको प्रश्न सुनेर करेन्ट लागेको जस्तो झनन्न भएकी थिएँ म । पहिलो रातमा एउटा लोग्नेले आफ्नी श्रीमतीलाई गरिएका प्रश्न थिए यी । दराजबाट अश्लील चलचित्रको सीडी निकालेर, भिडियो हेर्दै सोझै म माथि झम्टिन आएको थियो । मानौँ जङ्गलमा कैयौँ दिनदेखि भोकाएर बसेको चितुवाले मृग भेटाए जस्तै गरी । ‘आज पर सरेको पाँचाँै दिन हो । साहै्र गाह्रो भएको छ । त्यसमाथि बसको थकानले गर्दा पूरै शरीर दुखेको छ । बिन्ती छ आज सुते हुँदैन ।’ भनेर कैयौँपटक बिन्ती गर्दा पनि रातभर मेरो शरीरसँग खेलिरह्यो । रगतले पूरै ओछ्यान भिजिसक्दासमेत कुनै पर्वाह नगरी आफ्नो दानव रूप देखाइरह्यो ।
त्यस दिनदेखि मौका पाएको कि बिहान, दिउँसो वा बेलुका केही नभनी मेरा लुगा तान्न आइहाल्थ्यो र विरोध ग¥यो कि उसको लात्ती मुक्का बर्सिन थालिहाल्थ्यो । दिन प्रतिदिन ऊ झन्झन् हिंस्रक बन्दै थियो । पूरै नेकेड पारेर मलाई लछारपछार पार्दै कपाल तान्दै सेक्स गथ्र्यो । मेरो पीडामा उसलाई आनन्द आउँथ्यो रे । यो क्रम वर्षौं चलिरह्यो । घरमा ऊ आएको थाहा पाउनेबित्तिकै मन ढुक्क फुलेर आउँथ्यो मेरो ।
बाहिर ऊसँग कतै जाँदा पूरै मुख ढाकेर कतै नहेरी हिँड्नुपथ्र्यो । बजारको घर भएकाले बाहिर हेर्छे भनेर झ्याल पूरै काठले बन्द गरिदिएको थियो । उसका लागि म जिउँदो खेलौना थिएँ । ती पुराना कुरा सम्झिँदा कहाली लाग्छ अझै पनि ।
कति लाटी र सोझी थिएँ । लोग्नेको इच्छा पूरा गर्नु मेरो धर्म हो भनेर हरेक क्षण सतर्क भएर बस्थेँ । जेजस्तो भए पनि उसलाई हरेक कुराबाट सन्तुष्टि दिएको छु र त ऊ मसँग इमानदार छ भनेर उसले गरेका हरेक अत्याचारलाई सहँदै गएँ । जे छ त्यो मेरो भाग्यको खेल हो र घरको कुरा बाहिर जान दिनुहुँदैन भनेर आफूभित्रै थुपारिराखेँ पीडाहरूलाई ।
उमेर थियो । राम्री थिएँ । घरका अगाडि घण्टौँ केटाहरू घरतर्फ हेरी बस्थे । बहकिन म पनि सक्थेँ होला तर आफूलाई जोगाएर सम्हालेर राखेकी थिएँ । मेरो इच्छाभन्दा पनि लोग्नेको इच्छा ठूलो ठानी आफूलाई पटकपटक लुटाइरहँे । सुत्केरी भएको चौथो दिन अस्पतालबाट घर आएकी थिएँ । पहिलो सन्तान भएको थियो हाम्रो । घरमा सबै खुशी थिए तर उसको ध्यान मात्र मेरो शरीरमा थियो । त्यस अवस्थामा समेत छोडेन मेरो शरीरसँग खेल्न । मेरो टाँका चुँडिएर रगताम्य हुँदासमेत उसले आफ्नो इच्छा पूरा गरिरह्यो । पछि बेहोस भएँछु र अस्पताल लगेका रहेछन् घरका मान्छेहरू मिलेर मलाई । जुन कुरा दुई दिनपछि थाहा पाएँ । सानैदेखि बुबाले आमालाई माया गरेको देख्दै आएको थिएँ । पछि दाइले भाउजुलाई गरेको माया देख्दा मनमनै रमाउन पुग्थेँ ‘मेरो बुढाले पनि यसरी नै माया गर्नेछ’ भनेर, तर सोचेको र कल्पना गरेको कहाँ सबैको पूरा हुँदोरहेछ र !
हरेक दिन नयाँनयाँ अश्लील चलचित्रका सीडी लिएर आउँथ्यो र त्यही अनुरुप म तयार हुनुपथ्र्यो । मेरो शरीरलाई चिमोट्ने, पिट्ने सँगसँगै उसको मुखबाट निस्किएका अश्लील गालीसँगै शरीरलाई गिद्धले लुछेँझैँ लुछिरहन्थ्यो र यी सब खुरुखुरु हुन दिइरहन्थेँ ।
मान्छेले आफ्नो एउटा परिधिमा रहेर काम गर्नुपर्छ । पुरुष भएकै कारण आफूलाई उच्च ठान्नु सबैभन्दा ठूलो भूल हो । त्यही पुरुष दम्भका कारण कति पतन हुन पुगेका छन् भन्ने प्रशस्त उदाहरण देखिसकेका छौँ । अर्को, मान्छेले एक सीमासम्म कुनै कुरा सहन्छ । जब सीमाको बाँध फुट्छ तब सब तहसनहस हुन कत्ति पनि बेर लाग्दैन । त्यस्तै सीमाको बाँध टुट्न पुगेको थियो मेरो पनि । कस्तो बाँध ?
भगवानको लीला अपरम्पार छ । हाम्रो हातमा केही हुँदोरहेनछ भन्ने बुझ्दै आएकी छु बल्ल मैले । साँझ परिसकेको थियो घर फर्कंदा । छोरी र म हतारहतार घरभित्र छिर्दा उसको जुत्तामा मेरो नजर परिहाल्यो ।
‘अब तिम्रो बाबाले मार्ने भए यति ढिलासम्म बाहिर डुलेर बसेको भनेर’ भन्दै बिस्तारै पस्यौँ । मेरै कोठाबाट आवाज आइरहेको प्रस्टै सुनिरहेका थियौँ, हामी दुई आमाछोरीले । जब कोठाको ढोका खोलेँ मेरा दुई आँखाले त्यो दृश्यलाई पचाउन सकिराखेको थिएन । छोरीलाई के भयो र कता गई थाहा भएन तर मलाई भने मेरै कोठामा मेरै ओछ्यानमा बिचरी १४ वर्षकी घरमा काम गर्न राखेको बच्चीमाथि मुख थुनेर उसमाथि चढिरहेको दृश्य नै घुमिरहेको थियो ।
‘केटी भनेपछि ‘क्रेजी’ छ । पल्लो घरको होटेलमा काम गर्ने केटीलाई भुँडी बोकाएर पछि पैसा तिरेर फ्याल्न लगाएको थियो । उसको अगाडि केटी मान्छे एक्लै जान डराउँछन् ।’ जस्ता भनिएका कुरा एक एक गरेर आउन थालिरहेका थिए दिमागमा । मेरो लोग्नेको प्रगतिदेखि डाहा गरेका हुन् भनेर कहिल्यै विश्वास गरिनँ ती कुरालाई । किनकि मैले उसको हरेक इच्छा उसले भने बमोजिम पूरा गरिरहेकी थिएँ । ऊ मसँग पूर्णरुपमा सन्तुष्ट छ भन्ने मेरो विश्वास त्यसै दिनबाट टुटेर गएको थियो ।
पुरुष होस् वा महिला, सबै कुरा सहन सक्छन् तर आफ्नो लोग्ने वा स्वास्नीलाई कसैको अँगालोमा बाँधिएको कदापि सहन सक्दैनन् । हो, १५ वर्षसम्म उसले जे जति अत्याचार गरे पनि ऊ इमानदार छ मसँग भनेर सहेर बसेँ, तर एउटा भ्रममा बाँचिरहेकी रहेँछु त्यत्रो लामो समयसम्म । हो, चाहेमा मैले आफ्ना बच्चा लिएर उसँग छोडपत्र लिन सक्थँे तर त्यो भनेको उसका लागि कम सजाय हुने थियो । उसले एउटा नारीको नरम पक्षलाई खेलिरह्यो । जसको सजाय उसले पाउनु नै पथ्र्यो । जसअनुरुप उसलाई मेरो हिसाबले सजाय दिने निर्णय लिएकी थिएँ ।
विगत दश वर्षदेखि हामी एउटै घरमा बसे पनि उसले स्वास्नी भन्ने अधिकार गुमाइसकेको छ । मेरो लोग्ने त्यसै दिन मरिसकेको थियो, जुन दिन मेरो ओछ्यानमा उसले त्यो घृणित कुकर्म गरेको थियो । एउटा सिङ्गो जवानी उसको खुशीका लागि त्यागेँ तर बदलामा पीडाबाहेक केही दिएन उसले । दश वर्षदेखि पलपल छट्पटाइरहेको छ । पछुताइरहेको छ ऊ । जुन उसको अनुहारबाट प्रष्ट झल्किन्छन् ।
रोगले गल्दै गइरहेको छ दिन प्रतिदिन ऊ । रातभर खोकिरहन्छ र पनि ममा किन किन ऊप्रति त्यो माया भन्ने नै आउँदैन । जुन १० वर्ष अगाडि आउने गथ्र्यो । उसको लुगा धोइदिन्छु । औषधि ठीक पारिदिन्छु । खाना पकाएर खुवाउँछु । किनकि ऊ मेरो छोराछोरीको बाबु हो । लोग्नेलाई त १० वर्ष अगाडि नै तिलाञ्जलि दिइसकेकी छु मैले । अहिले मात्र छोराछोरीको बाबु हो, मेरा लागि ऊ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?