logo
२०८१ बैशाख ८ शनिवार



वजिरिस्तानमा आतङ्कवादीसँगको झडपमा चार पाकिस्तानी सैनिकको मृत्यु

अन्तर्राष्ट्रिय |


वजिरिस्तानमा आतङ्कवादीसँगको झडपमा चार पाकिस्तानी सैनिकको मृत्यु
तस्विर–पाकिस्तान ट्रिब्यून


इस्लामावाद, असार ३० गते ।
पाकिस्तानको उत्तरी वजिरिस्तान क्षेत्रमा लुकीछिपी बसेका आतङ्कवादीहरूसँग झडपमा परी कम्तीमा पनि चार जना पाकिस्तानी सेनाको ज्यान गएको छ । उक्त क्षेत्रमा आतङ्कवादीहरू लुकिछिपी बसेका सूचना पाएपछि पाकिस्तानको सैनिकले सोही अवस्थामा कारबाही गरेको थियो । उक्त कारबाहीका क्रममा ती सैनिक मारिएको पाकिस्तान सरकारले जनाएको छ । सोमबार ती सैनिक मारिएको बताइएको हो ।
कारबाहीका क्रममा कम्तीमा पनि चार जना पाकिस्तानी सैनिक मारिएका छन्, पाकिस्तानी सेनाको स्रोतलाई उद्धृत गर्दै पाकिस्तानको एक दैनिक पत्रिका डनले जनाएको छ ।
पाकिस्तानी सेनाले प्रकाशन गरेको विज्ञप्तिमा उत्तरी वाजिरिस्तानमा आतङ्कवादीहरूलाई खोजी गर्न गएको सेनामाथि लुकेर बसेका आतङ्कवादीहरूले हमला गरेका थिए । पाकिस्तानी सेनाले त्यसको जवाफी फायर गरेको र सेनातर्फ चार जनाको ज्यान गएको पाकिस्तानका सैनिक अधिकारीले जनाएका छन् ।
गत महिनामा पनि सोही क्षेत्रमा पाकिस्तानी सेनाका दुई जना सदस्यको यसैगरी ज्यान गएको थियो । तर यस आक्रमणका विषयमा कुनै पनि आतङ्कवादी संगठनले भने केही बताएको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?