logo
२०८० चैत्र १५ बिहीवार



चीनमा आएको भीषण बाढीमा परी ठूलो जनधनको क्षति

अन्तर्राष्ट्रिय |


चीनमा आएको भीषण बाढीमा परी ठूलो जनधनको क्षति
तस्विर–अलजजिरा


बेइजिङ
असार २९ गते । चीनमा भीषण बाढीका कारण व्यापक जनधनको क्षति भएको छ । बाढीमा हालसम्म १४१ जना व्यक्तिको निधन भएको या हराएको बताइएको छ । तीमध्ये केही व्यक्ति मारिएका र केही बेपत्ता भएका हुनसक्ने बताइएको छ ।
बाढीका कारण तीन करोड ८० लाख व्यक्ति प्रभावित भएका बताइएको छ । चीनका विभिन्न ठाउँमा हालैको अविरल वर्षापछि बाढी आएको हो । चीनका २७ स्थानमा बाढीले जनजीवन प्रभावित पारेको बताइएको छ । पछिल्ला केही दिनमा आएको बाढीबाट २२ लाख भन्दा बढी नागरिकलाई उद्धार गरिएको छ ।

चीनको याङ्चेसहितका कैयौँ नदीमा पानीको सतह बढेपछि बाढी आएको बताइएको छ । बाढीका कारण ठूलो सङ्ख्याका नागरिक गएको कम्तीमा एक हप्तादेखि नराम्ररी प्रभावित भएका बताइएको छ ।
बाढीले करिब २८ हजारभन्दा बढी घर बगाएको या क्षति पुर्याएको छ । यसबाट ११ अर्ब अमेरिकी डलर बराबरको क्षति पुगेको बताइएको छ । बाढीको त्रास बढ्दैगएपछि चिनियाँ राष्ट्रपति सी चिनफिङले सबै नागरिकलाई आवश्यक मात्रामा सतर्कता अपनाउन आग्रह गर्नुभएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?