logo
२०८१ बैशाख ८ शनिवार



ब्राजिलमा कोरोना भाइरसबाट ७२ हजारको मृत्यु

अन्तर्राष्ट्रिय |


ब्राजिलमा कोरोना भाइरसबाट ७२ हजारको मृत्यु


ब्रासिलिया
असार २९ गते । ब्राजिलमा कोरोना भाइरस (कोभिड १९) बाट सङ्क्रमित हुनेको सङ्ख्या दिन प्रतिदिन बढ्दो रहेको देखिएको छ । साथै पछिल्ला हप्ताहरूमा यस सङ्क्रमणबाट ज्यान जाने व्यक्तिको सङ्ख्यामा पनि वृद्धि भइरहेको प्राप्त तथ्याङ्कहरूमा देखिएको छ ।

स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्याङ्कअनुसार ब्राजिलमा सङ्क्रमणबाट ज्यान जाने व्यक्तिहरूको सङ्ख्या कम्तीमा पनि ७२ हजार पुगेको छ । पछिल्लो २४ घन्टायतामात्र ६३१ जनाको ज्यान गएको ब्राजिलको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या १८ लाख ६४ हजार जना पुगेको छ । पछिल्लो २४ घण्टायता मात्र ब्राजिलमा २४ हजार ९३१ जना नयाँ सङ्क्रमित फेला परेका हुन् ।

त्यस्तै, ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या पनि ७२ हजार एक सय पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र ब्राजिलमा कोरोना भाइरसका यति धेरै सङ्क्रमित थपिएका छन् । त्यस्तै गएको २४ घन्टामा ६३१ जनाको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन् । गएको शनिबार मात्र यहाँ ३९ हजार जना नयाँ सङ्क्रमित थपिएको जनाएको थियो । एकै दिनमा यहाँ यति धेरै सङ्क्रमित थपिनुका साथै एक हजार ७१ जनाको ज्यान गएको थियो । त्यसैगरी, शुक्रबार मात्र यहाँका करिब एक हजारदुई सय जनाको एकै दिनमा निधन भएको बताइएको छ । यहाँ पछिल्लो समयमा नयाँ सङ्क्रमितका साथै मृत्यु हुनेको सङ्ख्यामा पनि वृद्धि भइरहेको छ ।

ब्राजिलको सबैभन्दा ठूलो सहर साओ पाउलोले बार, रेस्टुरेन्ट, ब्युटीपार्लर, सैलुन खोल्ने तयारी गरिरहेको अवस्थामा ब्राजिलमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या १८ लाख नाघेको हो । उता रियो दि जेनेरियोमा भने यसै हप्तामात्र बार र रेष्टुरेन्ट खुलिसकेका छन् । ब्राजिल अमेरिकापछि कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित हुने मुलुक हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?