logo
२०८० चैत्र १५ बिहीवार



मिर्गाैला प्रत्यारोपणमा संलग्न चिकित्सक सहित चार पक्राउ   

स्वास्थ्य |


मिर्गाैला प्रत्यारोपणमा संलग्न चिकित्सक सहित चार पक्राउ   


चितवन, असार २७ गते । कलेज अफ मेडिकल साइन्सेज भरतपुरका प्रमुख कार्यकारी निर्देशकसहित चार जना पक्राउ परेका छन् । उनीहरूलाई नेपाल प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोले आज साँझ पक्राउ गरेको हो ।    
    
कलेजका निर्देशक मनोहर प्रधानका अनुसार एक वर्षअघि गरिएको मिर्गाैला प्रत्यारोपणका विषयमा प्रमुख कार्यकारी निर्देशक डा. सुप्रभात श्रेष्ठ, डा बालकृष्ण कालाखेती, जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत रामचन्द्र ढकाल र कानूनी सल्लाहकार रमेश काफ्लेलाई सोधपुछका लागि ब्यूरोले नियन्त्रणमा लिएको छ । कलेजको मानव अङ्ग प्रत्यारोपण समितिमा पाँचजना सदस्य रहेका छन् ।    
    
उहाँहरूबाहेक समितिका सदस्य सर्जन डा राकेश बर्मा भने आज फेला नपरेको प्रहरी स्रोतले जनाएको छ । प्रधानका अनुसार एक वर्षअघि काठमाडौँका एक पुरुषको मिर्गाैला प्रत्यारोपणको विषयलाई लिएर उहाँहरूलाई अनुसन्धान गर्ने भन्दै नियन्त्रणमा लिइएको हो । प्रत्यारोपण भएका व्यक्ति नेपाली भएको र सरकारका सबै मापदण्ड पूरा गरेर प्रत्यारोपण गरिएको भए पनि के कति कारणले नियन्त्रणमा लिइएको हो भन्ने प्रष्ट नभएको बताउनुभयो । हालसम्म साे मेडिकल कलेजले चार जनाको मृगौला प्रत्यारोपण गरेको जनाएको छ ।   

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?