logo
२०८१ बैशाख ७ शुक्रवार



पाकिस्तानका पूर्वप्रधानमन्त्री शरिफविरुद्ध मुद्दा दायर

अन्तर्राष्ट्रिय |


पाकिस्तानका पूर्वप्रधानमन्त्री शरिफविरुद्ध मुद्दा दायर
तस्विर-सीजीटीएन


लाहोर, असार १३ गते ।
पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरिएको छ । पाकिस्तानको भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकायले भ्रष्टाचार गरेको भन्दै उहाँका विरुद्ध मुद्दा दायर गरेको अधिकारीहरूले जनाएका छन् ।
उहाँसँगै अरु तीन जनालाई पनि ३४ बर्ष अगाडिको प्रञ्जाव प्रान्तको जग्गासम्बन्धी काम कानुनविपरीत गरेको भन्दै दोषी दाबी गरेर मुद्दा दायर गरिएको हो । स्वास्थ्य उपचारका क्रममा अहिले बेलायतको लण्डनमा रहनुभएका ७० वर्षीय शरिफलाई पक्राउ पुर्जी पनि जारी गरिएको छ ।
पाकिस्तानमा तीन पटक प्रधानमन्त्री हुनुभएका शरिफलाई यसअघि भ्रष्टाचारसम्बन्धी अन्य मुद्दा पनि लगाइएको छ ।
अहिलेको मुद्दामा उहाँसँगै दोषी दाबी गरिएकामा जङ्ग-जेओ मिडिया ग्रुपका सञ्चालक मिर शकिलुर रहमान, लाहोर विकास प्राधिकरणका पूर्वनिर्देशक हुमायुन फइज रासुल र पूर्व भूमि निर्देशक मिअन बसिर रहेका छन् । सन् १९८६ मा शरिफ पञ्जाबको मुख्यमन्त्री हुनुभएको थियो । मुख्यमन्त्री रहेको समय उहाँले अवैध तरिकाले मिर शुकिलुर रहमानलाई लाहोरको केही जग्गा दिलाउनु भएको दाबी गरिएको छ ।
सो कार्य गर्दा शरिफ र दुई जना सरकारी उच्च अधिकारीले कानुनको उलङ्घन गर्दै शक्तिको दुरुपयोग गरेको आरोप लगाइएको छ । अन्य मुद्दासमेतमा आरोप लागेर दण्ड सजाय भोग्नुभएका शरिफले उपचारका लागि अदालतले अनुमति दिएपछि गत नोभेम्बरमा लण्डन जानुभएको हो ।
उहाँ उपचारका लागि चार हप्ताका लागि मात्रै अनुमति पाएपनि अहिलेसम्म बसिरहनुभएको छ । शरिफकी श्रीमतीको पनि दुई वर्षअघि उपचारकै क्रममा लण्डनमा निधन भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?