logo
२०७७ असार २९ सोमवार

माटोका अव्यक्त आक्रोश

शनिवार |


2020-06-27-17344


भीम खरेल

माटो दुखेका बेला
माटोमा हक राख्नेहरूका आवाज बौरन्छन्
मनहरू बाँधिन सक्तैनन्, आक्रोशित हुन्छन्
र विद्रोह र धावा बोल्न थाल्छन्
अहिले, नेपाली माटो लुटिँदा
नेपाली मनहरू बौरेका छन्
नेपाली मनहरू आक्रोशित छन् ।

पैह्रो गएर माटो बग्नु;
भूकम्प आएर साँध—सिमानाहरू क्षतविक्षत हुनु;
उताको यता र यताको उता हुनु
बेग्लै कुरा हो,
यदि यस्तो भयो भने—
सम्झौता गर्न सकिन्छ ÷ चित्त बुझाउन सकिन्छ
यद्यपि सूर्यको प्रकाश अस्त नहुँदै
साँध सीमाको माटो दुखेका बेला
र÷साँध वरका मान्छेहरूको मन दुख्दै गर्दा
साँध परका मान्छेहरू खुसी हुनु
छिमेकीको धर्म हुँदै होइन ।

यति बेला,
मेरो देश र मेरो देशको सीमाको माटो;
आक्रान्त छ भयभीत र त्रसित छ
जङ्गे पिलरहरू क्षतविक्षत पारिँदैछन्
माटोका घाउहरू बढ्दैछन्
नेपालीका मनहरू चह¥याइरहेछन् ।

हो, माटोधर्मीहरूले बुझ्ने बेला आएको छ
माटै रहेन भने हामी रहन्नौँ
व्यवस्था र सिद्धान्तको कुरै छाडौँ
हाम्रो धर्म र देशै रहन्न ।

हो, अहिले हाम्रो माटो दुखेको छ,
हामी दुखेका छौँ
परन्तु
माटो दुखेको गीत गाएर मात्र
पुर्खाका बलिदानीको कदर हुँदैन
माटोको रक्षा हूँदैन
हामीले बिर्सेका छैनौँ
टिस्टा, काङ्गडा र नालापानीमा पुगेर
खाँडो पखालेको हाम्रै बाजे बराजुले हो
तिनै वीर पुर्खाका नाति—पनातिहरूको रगत
अहिले पनि जिम्लिएको छैन
बरु भुलभुलिएर उठेको छ ।

हिजोदेखि नै हामी भन्दैछौँ
कालापानी, लिपुलेक अनि लिम्पियाधुरा हाम्रो हो ।
कालापानीमा पराई बुट बज्रँदा—
हरेक नेपालीकोे मन दुखेको छ
लिपुलेकका जङ्गे पिलर उखेलिँदा—
हरेक नेपालीकोे मन आक्रोशित छ
हो, अरूले आमाको पवित्र छातीमा कुल्चँदै गर्दा—
नेपालीको रगत उम्लेको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?