logo
२०८० चैत्र १५ बिहीवार



पाकिस्तानमा एकै दिनमा अहिलेसम्मकै धेरै सङ्क्रमित

अन्तर्राष्ट्रिय |


पाकिस्तानमा एकै दिनमा अहिलेसम्मकै धेरै सङ्क्रमित


इस्लामावाद, जेठ ३० गते । पाकिस्तानमा पछिल्लो चौबिस घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै नयाँ सङ्क्रमित थपिएका छन् । पाकिस्तानका अधिकारीहरूका अनुसार पछिल्लो २४ घण्टामा पाकिस्तानमा छ हजार ३९७ जनामा कोरोनभाइरसको सङ्क्रमण भएको पुष्टि गरिएको हो । स्वास्थ्य मन्त्रालयले योसँगै पाकिस्तानमा कुल सङ्क्रमितको सङ्ख्या एक लाख २५ हजार ९३३ पुगेको पनि शुक्रबार जानकारी दिएको छ ।

त्यसैगरी कोरोनाभाइरसका कारण देशभरी अहिलेसम्म दुई हजार ४६३ जनाको मृत्यु भएको छ । तीमध्ये १०७ जनाको मृत्यु पछिल्लो २४ घण्टामा भएको राष्ट्रिय स्वास्थ्य सेवा मन्त्रालयले जनाएको छ । पाकिस्तानमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकामध्ये अहिलेसम्म ४० हजार २४७ जना निको भएको पनि मन्त्रालयको तथ्याङ्क छ ।

पञ्जाब प्रान्तमा सवैभन्दा धेरै सङ्क्रमित रहेको पाइएको छ । पञ्जाबमा अहिलेसम्म ४७ हजार ३८२ जना सङ्क्रमित भएका छन् भने दोस्रो धेरै सङ्क्रमितहरू रहेको सिन्ध प्रान्तमा ४६ हजार ८२८ जना सङ्क्रमित भएका छन् । त्यसैगरी खैबर पाख्तुङख्वामा १५ हजार ७८७ जना, बालुचिस्तानमा सात हजार ६७३ जना, इश्लामावादमा छ हजार ६९९ जना, गिल्गिट बाल्टिस्तानमा एक हजार ३० जना र पाकिस्तान नियन्त्रित काश्मिरमा ५३४ जना सङ्क्रमित रहेको अधिकारीहरूले जनाएका छन् । देशभरी कूल आठ लाख नौ हजार १६९ जनाको कोरोना परीक्षण गरिएको र तीमध्ये पछिल्लो २४ घण्टामा २८ हजार ३४४ जनाको परीक्षण गरिएको पनि मन्त्रालयका अधिकारीहरूले जानकारी दिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?