logo
२०८१ बैशाख ७ शुक्रवार



ढकमक्क लालीगुराँस

शनिवार |


ढकमक्क लालीगुराँस


त्रिचन्द्र प्रतीक्षा

लालीगुराँसलाई नेपालको राष्ट्रिय फूलको रूपमा २०१९ सालमा मान्यता दिइएको हो । नेपालको संविधान २०७२ ले पनि लालीगुराँसलाई राष्ट्रिय फूलको मान्यता दिएको छ । नेपालको निशान छापमा समेत लालीगुराँसलाई समावेश गरिएको छ । यस्तै नेपाली रुपियाँ पाँच सय र एक हजारको नोटमा लालीगुराँस अङ्कित छ । नेपालको राष्ट्रिय फूल भएका कारण लालीगुराँस धेरैपटक हुलाक टिकट तथा हुलाक वस्तुमा प्रकाशन भइसकेको छ । अङ्ग्रेजीमा ‘रोडोडेनड्रन’ भनेर चिनिने यो मनमोहक फूलका विभिन्न प्रजाति संसारभरि नै पाइन्छ ।
हालै प्रकाशित कञ्चनजङ्घा संरक्षण क्षेत्र र आसपासका गुराँसहरू पुस्तकमा नेपालमा ३३ प्रजातिका गुराँस पाइने उल्लेख छ । संसारमा लालीगुराँससँग मिल्दोजुल्दो प्रजातिका अन्य पाँच गुराँस पाइन्छन् । समुद्री सतहबाट गुराँस एक हजार ३०० देखि चार हजार ६०० मिटरको उचाइमा पाइने यो फूल वसन्त ऋतुमा फुल्छ । लालीगुराँस साधारणतया माघ–फागुनदेखि वैशाख–जेठसम्म फुल्ने गर्छ । तर, छिटो फुल्ने ठाउँमा पुस महिनामा पनि फुलेको देखिन्छ । यो पूmल फुलेपछि डाँडाकाँडा नै रङ्गीन र मनमोहक हुन्छ । लालीगुरासँको बोट १० सेमिदेखि २० मिटरसम्म अग्लो हुन्छ । पातको लम्बाइ लगभग पाँचदेखि १५ सेमिसम्म हुन्छ । फूलको आकार औसत अरू पूmलभन्दा केही ठूलो हुन्छ । घण्टीजस्तो देखिने १५ देखि २० वटा पूmलका झुप्पा भई पूmल्छ । रूखको उचाइ र आकार ठाउँअनुसार फरक हुन्छ । यो रातो, गुलाबी, सेतो आदि रङ्गको हुन्छ । पहाडी भू–भागमा यसको रूख मध्यमखालको हुन्छ भने उच्च पहाडी भागमा धेरै ठूलो र झ्याम्म परेको हुन्छ ।
लालीगुराँसको पूmल विश्वमै विशिष्ट पूmलका रूपमा चिनिन्छ । विश्वमा नै सबैभन्दा ठूलो लालीगुराँसको फूल नेपालमै फुल्छ । एक हजार ८२५ मिटरको उचाइमा इलामको मङ्गलबारे गाविसमा नेपालमा मात्र पाइने रातो सिन्दुरे रङ्गको एकथरी लालीगुराँस पाइन्छ । विश्वकै सबैभन्दा अग्लो लालीगुराँसको पूmल र रूख पनि यही हो । १६.१ मिटर अग्लो यो लालीगुराँसको रूखलाई गिनिज बुकले विश्वको सबैभन्दा अग्लो गुराँसको रूख भनेर उल्लेख गरेको छ । यस्तै, प्राकृतिक तथा भौगोलिक दृष्टिले पर्यटकीय स्थलका रूपमा परिचित सङ्खुवासभा र धनकुटाको सङ्गमस्थलमा रहेको साबिकका वसन्तपुर, फुलेक, सोल्मा, सुङ्गनाम र दाःगपा गाविस मिलाई नेपाल सरकारले २०७२ असोज १ गते लालीगुराँस नगरपालिका घोषणा गरेको छ । लालीगुराँस पूmल भारतको उत्तराखण्ड र कास्मिर राज्यको प्रान्तीय पूmल, सिक्किम राज्यको प्रान्तीय रूख हो । यस्तै अमेरिकी राज्य वेस्ट भर्जिनियाको प्रान्तीय पूmल र यस राज्यको प्रान्तीय झन्डामा यो पूmल अङ्कित छ ।
यतिबेला गुराँस फुल्ने मौसम हो । पहाडी क्षेत्रमा ढकमक्क गुराँस फुलेर जङ्गल नै हराभरा भएको छ । यो जङ्गलमा फुल्ने यस्तो पूmल हो, जसको सौन्दर्यमा जोकोही मोहित हुन्छन् । यो पूmल नेपालको राष्ट्रिय पूmल भएकाले यसप्रति हाम्रो भावनात्मक प्रेम र सम्मान पनि छ ।
यो पूmल हेर्नमा जति राम्रो छ, उत्तिकै गुणकारी पनि छ । आयुर्वेद औषधिहरूमा गुराँस फूलको प्रयोग हुँदै आएको छ । रातो रङ्गको गुराँस पोषक तŒवले भरिपूर्ण मानिन्छ भने गुराँसको जुस कलेजो, मृगौलाजस्ता समस्यामा निकै उपयोगी हुन्छ । हृदय रोगलगायत केही गम्भीर रोगमा गुराँसको जुस सेवन गर्नु लाभदायक मानिन्छ । यसको जुसले हड्डीको दुखाइ र उच्च रक्तचापमा फाइदा पु¥याउँछ । गुराँस एउटा मौसममा मात्र पाइने भएकाले अन्य बेला प्रयोग गर्न यसको पूmललाई सुकाएर राख्न सकिन्छ । गुराँसको फूल घरको मूल ढोकामा सजाउँदा घरमा नकारात्मक ऊर्जा भित्रिँदैन भन्ने मान्यता छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?