logo
२०८० चैत्र १५ बिहीवार



सुनसान गुराँसे वन

शनिवार |


सुनसान गुराँसे वन


चन्द्र पन्दाक

पूर्वको पर्यटकीय क्षेत्र एवम् गुराँसको राजधानी तीनजुरे–मिल्के–जलजले (टीएमजे) क्षेत्र यस वर्ष बन्दाबन्दीका कारण सुनसान बनेको छ । विश्वमै महामारीको रूप लिएर पैmलिरहेको कोरोना भाइरस (कोभिड–१९) फैलिन नदिन गरिएको बन्दाबन्दीले पर्यटकको आगमन रोकिएपछि टीएमजे क्षेत्र सुनसान बनेको हो । ताप्लेजुङ, तेह्रथुम र सङ्खुवासभाको सिमानामा फैलिएको टीएमजे क्षेत्रमा चैत दोस्रो सातापछि वैशाखभर गुराँस फुलेर वनै ढकमक्क हुने गर्दछ । गुराँसे सिजनमा सधैँ पर्यटकको बाक्लो उपस्थितिले खचाखच रहने यस क्षेत्र यस वर्ष बन्दाबन्दीको प्रभावमा प¥यो । बन्दाबन्दीले हिँडडुल गर्न र जमघट हुन नपाएपछि पर्यटकको उपस्थिति हुने कुरो पनि भएन ।
गुराँस फुल्ने सिजनमा यो वर्ष आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल शून्य रहेको स्थानीयले बताए । हजारौँ पर्यटक आउने गरेकामा यसपटक कोही पनि नआएको लालीगुराँस नगरापालिका–१, देउरालीका स्थानीय छिरिङ शेर्पाले जानकारी दिनुभयो । गएका वर्षमा लालीगुराँस फुल्ने सिजनमा दैनिक चार÷पाँच हजार पर्यटकले गुराँसको अवलोकन साथै घुमफिर गर्ने गरेकामा यो वर्ष सुनसान रहेको शेर्पाले बताउनुभयो ।


यस्तै गुफाबजारका होटल व्यवसायी भुजुङ शेर्पाले गुराँस फुल्ने सिजनसँगै नयाँ वर्षको समयमा पर्यटकहरूको घुइँचो लाग्ने गरेकामा यो वर्ष बन्दाबन्दीले सुनसान बनेको बताउनुभयो । गुराँस हेर्न आउने र नयाँ वर्षमा घुमफिर गर्न आउने पर्यटकले टीएमजे क्षेत्रका होटलहरू खचाखच हुने गरेकामा यसपालि एकजना पनि पर्यटक नआएको शेर्पाले बताउनुभयो । पर्यटक नआउँदा टीएमजे क्षेत्रभित्रका मिल्के, गुफा, चौकी, पाँचपोखरी, फेदी बजारका व्यवसायीले यस वर्ष ठूलो आम्दानी गुमाउनुपरेको पनि उहाँले बताउनुभयो ।
मुख्य आम्दानीको स्रोत नै गुराँसे पर्यटक भएकाले यो वर्ष व्यवसायीले नराम्ररी घाटा बेहोर्नुपरेको चौकी बजारका स्थानीय व्यवसायी फुटिक शेर्पाले बताउनुभयो । पर्यटकको अनुपस्थितिले होटल व्यवसाय चौपट भएपछि आम्दानीको अन्य कुनै स्रोत नभएकाले टीएमजे क्षेत्रका व्यवसायी चिन्तित छन् ।
गुराँस फुल्ने समय चैत, वैशाख र हिउँ पर्ने समय मङ्सिरदेखि माघसम्म यस क्षेत्रमा पर्यटक आउने मुख्य सिजन हो । यस वर्ष हिउँ पर्ने सिजनमा विगतमा झैँ पर्यटकको उपस्थिति रहे पनि मुख्य सिजनमा बन्दाबन्दीले गर्दा पर्यटकको मुख नै देख्न नपाएको गुफाबजारकै अर्का होटल व्यवसायी श्रीहाङ लिम्बूले बताउनुभयो । लिम्बूका अनुसार हिउँको सिजनमा बढी आन्तरिक पर्यटक आउने र गुराँसको सिजनमा भने विदेशी पर्यटकको समेत बाक्लो उपस्थिति हुँदा स्थानीय व्यवसायीले रामै्र आम्दानी गर्थे । तर, यो वर्ष लकडाउनले गर्दा बाह्य तथा आन्तरिक कुनै पनि पर्यटक नआउँदा त्यसैमा निर्भर स्थानीय व्यवसायीले आम्दानी गुमाउनुपरेको लिम्बूको भनाइ छ ।
नेपाल पर्यटन बोर्डले सुरुमा सूचीकृत गरेको नेपालका पाँचवटा पर्यटकीय गन्तव्यमध्ये टीएमजे एक हो । कुल ५८ हजार २३३.३ हेक्टर क्षेत्रफलमा फैलिएको टीएमजे क्षेत्रको १४ प्रतिशत वन गुराँसले ढाकेको छ । तथ्याङ्कअनुसार विश्वमा पाइने ३२ प्रजातिमध्ये २८ प्रजातिको गुराँस टीएमजे क्षेत्रमा पाइने हुँदा यस क्षेत्रलाई गुराँसको राजधानीका रूपमा चित्रित गरिँदै आएको छ । गुराँस क्षेत्रको प्रवद्र्धन र संरक्षणका निम्ति विभिन्न सरकारी निकाय तथा सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालजस्ता गैरसरकारी संस्थाले विविध कार्य गर्दै आएका छन् । टीएमजे क्षेत्रमा बढीभन्दा बढी पर्यटक भिœयाउने गरी प्रवद्र्धनका कार्य गर्दै आएको सामुदायिक वन उपभोक्ता महासङ्घ ताप्लेजुङका अध्यक्ष सुरज ओझाको भनाइ छ । ओझाका अनुसार अहिले विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) को आर्थिक सहयोगमा प्रवद्र्धन तथा संरक्षणका क्रियाकलाप भइरहेका छन् ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?