logo
२०८१ बैशाख १३ बिहीवार



विध्वंस गर्छस् किन ?

कविता

शनिवार |


विध्वंस गर्छस् किन ?


प्रा. नारायणप्रसाद कट्टेल

कोरोना सब भन्दछन् किन यहाँ ? कस्तो छ यस्को गति
के के गर्छ घुमेर विश्वभरमा कस्तो हुँदा सङ्गति ।
बढ्दै जान्छ कठोर रूप किन हो देख्तै नदेख्ने गरी
घुम्दै फैलिन जान्छ मानिस सबै सन्त्रस्त भो जिन्दगी ।।१।।

हावाको गतिले कहाँतक पुगी विश्राम गर्नेगरी
कुद्दा विश्व डराउँदैछ किन हो गर्छस् यहाँ मन्परी ।
कैलेसम्म बसेर यो भुवनमा नाचेर जान्छस् कहाँ ?
खोज्दैछस् कति शक्ति रै’छ यसमा भन्दै यही विश्वमा ।।२।।

बस्ने बास कहाँ थियो र अहिले थाहै नपाइकन
कस्तो शक्ति लिएर सूक्ष्म गतिमा फैलेर हिँड्छस् किन ?
कैलेसम्म यहाँ लुकेर यसरी व्याधा बनी घुम्दछस्
ती वैज्ञानिक खोजमा अघि बढे के पो यहाँ गर्दछस् ।।३।।


हैजा झैँ तँ मडारिएर किन हो आफ्नै बुता बर्कत
देखाइकन कुद्दछस् लुकी लुकी कस्को गरी सङ्गत ।
सारा विश्व घुमेर मानिस सबै मास्नेछु यस्तैगरी
भन्दै क्रुद्ध भएर भाइरस यो फैलाउँछस् कस्तरी ।।४।।

‘को– हो यो कसरी घुमेर जगतै तर्साउँदै हिँड्दछस्
‘रो– क्तामा पनि कुद्छ बस्न नसकी टाढा कहाँ पुग्दछ ।
‘ना–च्तै आज कता कतातिर पुगी विध्वंस यो गर्दछ
कोरोना किन आज फैलिन गयो कस्ले यहाँ बुभ्mदछ ।।५।।

कोठाभित्र पसेर मानिस सबै बस्ता उसैको डर
हिँड्दामा पनि नाक बन्द नगरे पस्ला कि भन्दै वर ।
साथीका सँगमा हिँडौँ अब भने सर्ला यसै झन् डर
भन्दै त्रास लिएर बस्छु घरमा यो शून्यताको भर ।। ६।।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?