logo
२०८१ बैशाख ४ मंगलवार



माले महासचिव मैनाली चढेको कार दुर्घटना, मैनाली घाइते

पढ्नै पर्ने |


माले महासचिव मैनाली चढेको कार दुर्घटना, मैनाली घाइते
तस्बिर साभारः रेडियो नेपाल


काठमाडौं, फागुन १५ गते ।  नेकपा (माले) का महासचिव तथा पूर्व उपप्रधानमन्त्री सीपी मैनाली सवार कार दुर्घटनामा परेको छ ।

मैनाली चढेको बा ४ च २१२० नम्बरको कारलाई काठमाडौंबाट बर्दिबास आउँदै गरेको ना ४ ख ७६६८ नम्बरको पिकअफ भ्यानले रातु पुलमा ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो ।

महोत्तरीबाट महासचिव मैनाली र उहाँका परिवारका सदस्यहरु काठमाडौं आउने क्रममा दुर्घटनामा परेको थियो । उहाँको दाहिने खुट्टामा गम्भिर चोट र टाउकोमा समेत चोट लागेको छ । थप उपचारको लागि काठमाडौं पठाउने तयारी भैरहेको डिएसपी बुढाथोकीले जानकारी दिनुभयो ।

उहाँसँगै कारमा रहनु भएका छोरा बुहारी र नातीको अवस्था भने सामान्य रहेको र बर्दिबासको जनसेवा अस्पतालमा प्रारम्भिक उपचारपछि काठमाडौ रिफरको तयारीमा प्रहरी लागेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?