logo
२०८० चैत्र १६ शुक्रवार



भत्केको नहर मर्मत नहुँदा स्थानीयलाई सास्ती

प्रदेश |


भत्केको नहर मर्मत नहुँदा स्थानीयलाई सास्ती


जिवछ यादव

लहान, फागुन १५ गते । लहान १ र २ को सीमाना रहेको भवरा नहर भत्केको नौ महिना भयो । नहर मर्मत नहुँदा बाटो अवरुद्ध भएर स्थानीयहरु सास्ती खेप्न बाध्य भएका छन् । दुबै वडा कार्यालयले वास्ता गरिरहेको छैन भने नगरपालिका गम्भीर हुन नसकिरहेको स्थानीयहरुको गुनासो गरेका छन् ।

नहर भत्केको नौ महिना भयो तर दुबै वडा कार्यालय र लहान नगरपालिकाले अहिलेसम्म निकासको कुनै पहल नगर्दा ठूलो सास्ती खेप्न बाध्य भइरहेको गेनी देवी सदायले पीडा सुनााउदै भन्नुभयो, नहरको सडक बनाउन बढी खर्च लागेपनि भत्केको खाल्डो मर्मत गरि दिएको भए आवत जावतमा ठूलो समस्या हुँदैन्थ्यो । पाँच मिनेटमा चोक पुग्नुपर्नेमा आधा घण्टा घुमेर लहानको मुख्य चोक पुग्नुपर्ने बाधयता छ । नहरको डिलमा मुसहर समुदायको वस्ती भएकोले ध्यान नदिएको हामी दलितहरु समस्यामा छौ ।

अर्का स्थानीय हरि नारायण यादवका अनुसार लहान नगरपालिकाले सडक निर्माणको लागि तगेदा गरेको गरै भएपनि स्थानीय दलित मुसहर समुदायको बस्ती अर्को ठाँउमा व्यवस्थापन नगर्दा समस्या भएको छ । लहान १ र २ नम्वर वडाले दुई चार ट्रक ग्रोभेल हलि दिएर मर्मत गरि दिएको भए सास्ती नै भोग्नुपर्ने थिएन । दुबै वडाको जनप्रतिनिधिहरुले वेवास्ता गरिरहेकोले नहरको डीलमा बसिरहेका मुसहर समुदायका बस्ती र नहर देखि दक्षिण पश्चिमका स्थानीयहरु ठूलो समस्यामा छ । नहरको निकास र सडक निर्माण कार्य अघि बढाउन नगरपालिकाले गम्भीरतापूर्वक लिनुुपर्ने स्थानीयहरुको माग छ ।

एक सयभन्दा बढी सुकुम्वासी मुसहर समुदायलाई बसोवासको लागि नगरपालिकाले जग्गा उपलब्ध गराएर नहरको डीलमा सडक निर्माणको कार्य र पूल निर्माण कार्य अघि बढ्न नसक्दा प्रत्येक वर्ष नहरको पानी दक्षिणतिर निकास हुन नसकेर वाढी वस्तीमा पसेर समस्या हुने गरिरहेको महिला मानव अधिकारवादी रेणु कर्णले भन्दै समस्याको दिर्घकालिन समस्या समाधानको लागि वडा कार्यालयले ध्यान केन्द्रित नहुँदा समस्या देखिएको पीडा पोख्नुभयो ।

जमीन खरिद विक्री गराउने विचौलियाहरुले नहरको पानी वगिरहेको पश्चिमपटिको मुहान थुनेपछि दुई वर्षदेखि नहर सबैले हिडने सडक नै भत्काएर वर्षेनी समस्या भोगिरहनुपरेको बाध्यतालाई समाधान गर्न नहरमा दुई वर्षदेखि पूल निर्माणको हलला मात्रै सुन्नु परिरहेको छ । पुल निर्माणको कार्य अघि वढयो भने अरु समस्या स्वतः समाधान हुने स्थानीयवासी शिक्षक कृष्ण देव सिंहले बताउनुभयो ।

यता लहान नगरप्रमुख मुनि साहले नहरको डीलमा र २१ नम्वर हुँदै आइरहेको सडक निर्माण कार्य पनि सडकमै दलित बस्ती बसेकोले समस्या भएकै हो भन्दै समाधानको लागि स्थानीय दलित समुदायहरुलाई कैयो पटक बोलाएर ठोस समाधानको प्रयास गर्न खोज्दापनि नगरपालिकाले गरिरहेको प्रयास असफल भइरहेको जानकारी दिनुभयो ।  उहाँको अनुसार यस वर्ष नहरमा पूल निर्माण र दलित बस्तीको व्यवस्थापन गरेर बाटो खुलाएर स्थानीयहरुले भोगिरहेको समस्या समाधमान गरिने छ । तर १ र २ नम्वर वडा कार्यालयले देखाउनुपर्ने चासो नदेखाउनु र गम्भीर नहुँदा नगरपालिकाललाई बाटो खुलाउन समस्या भएकै हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?