logo
२०८० चैत्र १५ बिहीवार



प्रेमको महाउत्सव

शनिवार |


प्रेमको महाउत्सव


देवी सापकोटा

वारि गाउँको कान्छाकी छोरीले पारि गाउँको काइँलाको छोरासँग मन मिलाउँछे रे आजकल । यस्ता भनाइले गाउँघरका प्रेम गर्ने जोडीलाई आफ्नो प्रेम दर्शाउन कि त घाँसपात गर्न जानुपर्छ कि त गाइगोठालो । यही कारण दुई प्रेमी समाजमा खुलेर आफ्नो प्रेमभाव दर्शाउन सक्दैनन् । ठीक यसको विपरीत छ, सहरी समाजको प्रेम गर्ने शैली । सहरिया प्रेमको शैली बिन्दास छ । गाउँमा जस्तो कसैले केही भन्ला भन्ने चिन्ता छैन ।
‘प्रेम दिवस’ अर्थात् ‘भ्यालेन्टाइन डे’ । १९आँै शताब्दीमा सुरु भएको यो चाडको मुख्य उद्देश्य प्रेमी र प्रेमिकाले आफ्नो प्रेमभाव आपसमा दर्शाउनु हो । तर, अहिले यो विकृतिका रूपमा फैलिएको धेरैको ठम्याइ छ । कसैले कार्डको माध्यमबाट आफनो प्रेम व्यक्त गर्छन् भने कसैले फूलको । प्रेम गर्न कुनै दिवस आउनुपर्दैन । तर, आजकालका युवाका लागि भने ‘भ्यालेन्टाइन डे’ प्रेमको महाउत्सवजस्तो बन्न थालेको छ । नयाँ अवसरहरूसँगै प्रेम अङ्कित कार्डले पनि अहिले चुनौती खेपिरहेको छ । जस्तै एसएमएस, मोबाइलबाट ‘आई लभ यू’ अथवा ‘बधाइ छ है’ भन्नुको साटो पसलमा गएर गिफ्ट र कार्ड किनेर दिने झन्झट किन बेहोर्ने भन्नुहुन्छ, चाबहिलस्थित लभ स्टेसन कार्ड सेन्टरका सञ्चालक राजु उप्रेती । उहाँको अनुसार, ‘एसएमएसबाट प्रेमको सन्देश दिने चलनले गिफ्ट र कार्डको प्रयोगमा केही कमी आइसक्यो ।’
पुतलीसडकस्थित क्लासिक सेलेक्सनका पवन शर्माले ‘भ्यालेन्टाइन डे’ का कार्ड र गिफ्टहरूमा हल्काफुल्का व्यापार सुरु भएको बताउनुभयो । अहिले इन्टरनेट र इमेलजस्तो प्रविधिको जमाना आएको हुँदा कार्ड र गिफ्टहरू दिने कुराको खासै महŒव नभएको शर्माको भनाइ थियो ।
भेरोनिका, हलमार्क, आरचिस, एक्सप्रेसन, जुब्लीजस्ता ब्राण्डका कार्डहरूले काठमाडांँको बजार तताएको छ । युवकयुवती कार्ड त किन्छन् तर त्यसभित्र लेखिएका भावनालाई कसैले राम्रोसँग बुझ्ने गर्छन् त कसैले यसको खासै महŒव राख्दैनन् । कार्ड किनेर मायाप्रीति लगाउन पाए पुगिहाल्यो नि, किन कार्डमा लेखिएको भावना बुझ्नुप¥यो र ? भन्नुहुन्छ– कक्षा १२ मा अध्ययनरत विद्यार्थी उमेश शर्मा । अहिले युवकयुवतीले आफ्नै देश नेपालमा बनेको कार्डमा पनि धेरै रूचि देखाउन थालेका छन् । जीके, राजन कार्ड एन्ड कम्पनी, शर्मा एन्ड शर्मा यी भने नेपाली कार्ड बनाउने ब्राण्डका नाम हुन् ।
‘भ्यालेन्टाइन डे’ अर्थात् प्रेम दिवसलाई विभिन्न कलाकारले पनि आफ्नै ढङ्गले अविस्मरणीय बनाउने तरखर गरेका छन् । धेरैजसो कलाकारले आफ्नो प्रियसीलाई सामाजिक सञ्जालमार्फत ‘विस’ गर्दै यो दिवस मनाउने योजनामा छन् भने कसैलाई यसको खासै मतलब देखिँदैन ।
अभिनेता हरिहर शर्मा यसपटकको प्रेम दिवसमा केही उपहार दिने सोच रहेको तर के उपहार दिने भन्ने अझै टुङ्गो लागिनसकेको बत(ाउनुहुन्छ । उहाँ भन्नहुन्छ, ‘प्रेम दिवसले युवकयुवतीलाई उत्साह दिएको छ र यसलाई विगतका दिनलाई सम्झँदै मनाउनुपर्छ । यो दिवस भनेको विवाहित जोडीका लागि मात्र नभएर सबैका लागि होे । पुरानो सभ्यताअनुसार प्रेम दिवसलाई मनाउने चलन भएकाले यसको सुरुवात पनि एसियाली मुलुकबाट भएको हुन सक्ने बताउनुहुन्छ अभिनेता शर्मा ।
अलि पहिलेसम्म नेपालमा प्रेम दिवसको प्रभाव खासै नभए पनि पछिल्लो समय विदेशी प्रभावले प्रेम दिवस मनाउन थालिएको देखिन्छ । विशेषगरी प्रेम जोडी, नवदम्पती र प्रेम सम्बन्धमा आउने प्रेमीप्रेमिकाका लागि यो दिवसको आफ्नै महŒव छ । यस पर्वले नेपालमा पनि विशेष स्थान पाएको छ । आधुनिक युगतर्फ लम्किरहेको हाम्रो नेपाली समाजका युवकयुवतीले यस दिवसलाई निकै महŒवसाथ मनाउने गरेका छन् । यो पर्व युवकयुवतीबीच प्रेम अभिव्यक्तिका रूपमा मात्रै नभएर समग्रमा यस दिन नै प्रेममय बनाउनुपर्छ भन्ने पनि गरिन्छ ।
रङ्गकर्मी निशा शर्मा ‘भ्यालेन्टाइन डे’ लाई खासै महŒव नदिने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘प्रेम दिवस भनेको १४ फेब्रुअरीमै मनाउनुपर्छ भन्ने छैन । माया गर्नका लागि कुनै समय नचाहिने उहाँको मत छ ।
नायक निखिल उप्रेती ‘भ्यालेन्टाइन डे’ लाई एउटा हौवाको संज्ञा दिनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘म यसलाई प्रथामिकतामा राख्दिनँ र मनाउँदा पनि मनाउदिनँ । यसले हाम्रो दसैँ–तिहारको संस्कृतिलाई दबाउँदै लगेको छ । भ्यालेन्टाइनको इतिहास केलाउँदा यसको सुरुवात क्याथोलिक सम्यताबाटै भएको हो भन्ने बुझिन्छ । सेन्ट भ्यालेन्टाइन भन्ने व्यक्तिको सम्झनास्वरूप पनि यसलाई एउटा चाडका रूपमा मनाउन थालिएको हो । इतिहासअनुसार ढुङ्गेलेखनदेखि सुरु भएको ‘भ्यालेन्टाइन डे’ हालका वर्षसम्म कार्डका आगमनले गर्दा पनि मौलाएको छ । पानबुट्टे कार्डमा मुटु चित्रअङ्कित प्रेमको सङ्केत गरी देखाइएको वस्तु नै भ्यालेन्टाइनको मुख्य आकर्षण हो ।
फेब्रुअरी १४ मा हरेक वर्ष मनाउँदै आएको यो मायाको पर्वले धेरैको सम्बन्ध गाँस्ने काम गर्छ । यो चाड विशेषगरेर युवकयुवतीले मात्र भए पनि धेरैले पर्खेर बसेका हुन्छन् । पछिल्ला केही वर्षदेखि नेपालमा पनि प्रेम दिवस विशेष रूपले मनाउने गरिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?