logo
२०८१ बैशाख १३ बिहीवार



लघुकथा : नैतिक सजाय

शनिवार |


लघुकथा :  नैतिक सजाय



पुरुषोत्तम बाँस्कोटा

नीलिमा आफ्नो काखे बच्चा च्यापेर घरबाट बाहिर निस्किइन् । उनी जाने गन्तव्यमा सार्वजनिक सवारीसाधन चल्दैनथे । उनलाई ट्याक्सी प्रयोग गर्नुपर्ने भयो । अलिपर ट्याक्सीका लाइन थिए । ट्याक्सीको नजिक पुगेपछि नीलिमाले सोधिन्– ट््याक्सी खाली हो ?
‘हो । कहाँ जाने ?’ ड्राइभरले भने । नीलिमाले आफ्नो गन्तव्य बताइन् । ट्याक्सी ड्राइभरले भने त्यो गन्तव्यमा जान अस्वीकार ग¥यो । नीलिमाले स्पष्टीकरण मागिन् तर ट्याक्सी ड्राइभरले भाडा नपुग्ने जानकारी दियो । यसपछि नीलिमाले प्रश्न गरिन्– ‘मिटर छैन ?’ ड्राइभरले भने–‘छ ।’ नीलिमाले अचम्म मान्दै अर्को ट्याक्सी ड्राइभरलाई सोधिन्– ‘ट्याक्सी खाली हो ?’ ‘हो । कहाँ पुग्नुपर्ने ?’ दोस्रो ट्याक्सी ड्राइभरले भने । नीलिमाले फेरि आफ्नो गन्तव्य बताइन् । दोस्रो ट्याक्सी ड्राइभरले पनि जान अस्वीकार ग¥यो । नीलिमाले पुनः प्रश्न गरिन्– ‘किन नजाने ?’ ड्राइभरले भने– ‘तेसै ।’ यसै क्रमममा उनले तीन÷चारवटा ट्याक्सीलाई सोधिन् तर कोही पनि नीलिमाले भनेका ठाउँमा जान मानेनन् । उनी हैरान भएपछि हिँडेरै आफ्नो गन्तव्यतिर लागिन् । उनलाई निकै रिस उठ्यो र दुःखी पनि भइन् । भोलिपल्ट नीलिमा सोही समयमा घरबाट बाहिर निस्किन् । अघिल्लो दिनका ट्याक्सी सधैँ सोही स्थानमा पार्किङ गरिराख्ने भएकाले त्यतै थिए । उनी सरासर गइन् र पछाडिको ढोका खोलेर एउटा ट्याक्सीमा बसिन्् । ट्याक्सी ड्राइभरले सोधे–‘दिदी कहाँ
जाने ?’ ‘तपाईंलाई कहाँ जान मन छ त्यतै जाऊँ न’, नीलिमाले भनिन् ।
‘के भन्नुभएको, जाने ठाउँ तपाईंले नभनीकन कहाँ लैजानु नि’ ट्याक्सी ड्राइभरले भने । नीलिमाले अघिल्लो दिनको दुःख सम्झँदै भनिन्–‘तपाईंहरू हामीले भनेको ठाउँमा जानुहुन्न ।’
‘किन नजानु नि’, ड्राइभरले भने ।
‘हिजो त जानुभएन, मलाई हिँडैर जानुप¥यो’, नीलिमाले भनिन् ।
नीलिमाको कुरा सुनेर ड्राइभर झस्क्यो । धेरैबेर नीलिमा र ट्याक्सी ड्राइभरको भनाभन प¥यो । यो समयमा ट्याक्सी ड्राइभरले दुई÷तीन जना यात्रुलाई सेवा दिन सक्थ्यो । उसको आम्दानी पनि गुम्यो । अन्त्यमा उसले नैतिक सजाय पाएको अनुभूति ग¥यो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?