logo
२०८० चैत्र १५ बिहीवार



आदिकवि क्याम्पसमा लायन्स विज्ञान प्रयोगशाला भवन बन्दै

शिक्षा |


आदिकवि क्याम्पसमा लायन्स विज्ञान प्रयोगशाला भवन बन्दै


अमरराज नहर्की
तनहुँ, मङ्सिर १८ गते । तनहुँको व्यास नगरपालिका–१ भादगाउँ स्थित आदिकवि भानुभक्त क्याम्पसका विद्यार्थीले अध्ययनको लागि आधुनिक विज्ञान प्रयोगशाला प्राप्त गर्ने भएका छन् । लायन्स क्लब इन्टरनेशनल फन्डको १ करोड १२ लाख रुपैयाँ सहयोग र बाँकी क्याम्पस तथा समुदायको गरि २ करोड ४० लाख रुपैयाँको लागतमा लायन्स विज्ञान प्रयोगशाला भवन भवनको निमार्ण भई राखेको क्याम्पसले जनाएको छ । क्लबले धेरै रकम सहयोग गरेकोले क्लबकै नाममा प्रयोगशाला भवन निमार्ण गरिएको क्याम्पस सञ्चालक समितिका पूर्व अध्यक्ष रामचन्द्र बस्नेतले जानकारी दिनुभयो ।

आगामी चार महिना भित्रै निमार्ण पुरा हुने गरी प्रयोगशालाको भईरहेको क्याम्पस प्रमुख महाप्रसाद हड्खले महेशले जानकारी दिनुभयो । भवनको गत चैत्र ६ गते लायन्स क्लबका ३२५ बि एकका तत्कालिन गर्भनर अशोककुमार श्रेष्ठबाट शिलान्यास भई निमार्ण शुरु गरिएको क्याम्पसले जनाएको छ । ४ तले उक्त भवनमा २४ वटा रहने क्याम्पसले जनाएको छ । लायन्स क्लबका ३२५ बि १ का पूर्व गर्भनर अशोककुमार श्रेष्ठ र पूर्व कोषाध्यक्ष माधवहादुर पन्तको को सक्रियतामा लायन्स भवन निमार्ण शुरु गरिएको क्याम्पस प्रमुख हड्खलले जानकारी दिनुभयो । विश्व विद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायत (क्विएए) मान्यता प्राप्त यस क्याम्पसमा विज्ञान प्रयोगशालाको निमार्ण थप गुणस्तरवृद्धिमा टेवा पुग्ने विश्वास लिईएको छ । क्याम्पसको स्थापना कालमा मूल शैक्षिक भवन निमाण ५० हजार डलर र प्रयोगशाला भवनको निमार्ण एक लाख डलर गरी १ लाख ५० हजार डलर सहयोग प्रदान गरिएको क्यबका पूर्व कोषाध्यक्ष माधवबहादुर पन्तले जानकारी दिनुभयो । जिल्लाकै पहिलो र ठुलो सामुदायिक क्याम्पसले भएको सहयोग गरिएको र भविश्यममा निरन्तर रुपमा मद्धत गरिने कोषाध्यक्ष पन्त बताउनुहुन्छ ।

व्यास नगरपालिकाले विविए कार्यक्रमको पूर्वाधार , परिक्षाहल, चौतारो र छात्राबास लगायतको निमार्णको लागि ७० लाख रुपैयाँ सहयोग गरेको क्याम्पस सञ्चालक समितिले जनाएको छ । विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापको सहजकताको लागि व्यास नगरपालिकाको सहयोगमा ३५० जना क्षमता भएको सभाहल पनि निमार्ण गरिएको क्याम्पसले जनाएको छ । क्याम्पसले शैक्षिक वेरोगार अन्त्यको लागि प्राविधिक शिक्षालाई जोड दिँदै आएको छ । कक्षा ११÷१२ देखि स्नातक र स्नाकोत्तर तह सम्मको पठाई सञ्चालन गर्दै आईरहेको छ । कक्षा ११ र १२ मा विज्ञान र कम्प्युटर विज्ञान, स्नातकमा विए तथा विआईसिटीमा, विज्ञान शिक्षा, गणित, अङ्ग्रेजी जस्ता विषयहरु र व्यवस्थापन र विविएस कार्यक्रम सञ्चालन गर्दै आईरहेको छ । स्नाकोत्तर तहमा एमएड तर्पm अङ्ग्रेजी, नेपाली, इपिएम र एमविविएसका साथै एमतर्पm समाजशास्त्र विषय सञ्चालन रहेको करीव २ हजार ५ सय विद्यार्थीले अध्ययन गरिरहेको क्याम्पसले जनाएको छ । क्याम्पसका अनुसार नेपालमै एमविविएस तर्पm प्रथम, सामुदायिक क्याम्पस तर्पm दोस्रो, विविएस तर्पm तेस्रो तथा सूचना तथा प्रविधिमा उत्कृष्ट तीन क्याम्पसमा पर्न सफल भएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?