पशुपति क्षेत्र खुला सङ्ग्रहालय

शनिवार |


2019-11-23-4578


झन्डै दुई दशकअघिसम्म पशुपतिनाथको पश्चिम द्वार अगाडि ढलान गरेका र जस्तापाता छाएका घर–टहरा अस्तव्यस्त थिए । यी संरचनाले पशुपतिनाथको मन्दिर नै छोपिने हो कि भन्ने चिन्ता पनि थियो । हेर्दा यो क्षेत्र कुरूपझैँ देखिन्थ्यो । निजी जमिनमा त जथाभावी संरचना बन्ने नै भयो, सत्तल, पाटी र मन्दिरका भागलाई समेत व्यक्तिले आफूखुसी व्यापारको थलो बनाउन थालिसकेका थिए । २०५९ सालमा यी संरचना हटाएर खुला क्षेत्र बनाइयो । तर, अहिले यसको स्वरूप मनमोहक बनेको छ । हिजोसम्म नाक खुम्च्याउनेहरू यतिखेर त्यहाँ आनन्दको स्वाद लिँदै छन् । कैलाशको दक्षिण पनि पर्ने यस ठाउँमा ‘ल्यान्डस्केपिङ’ गरिएको छ । यहाँ आएका तीर्थालु हुन् वा पर्यटक केही बेर भए पनि सुस्ताउन पाएका छन् । दृश्य सबैका लागि मनोहर बनेको छ ।
पशुपति क्षेत्रको अवधारणात्मक गुरुयोजनाअनुरूप त्यतिखेर यो काम सम्पन्न भएको पशुपति क्षेत्र विकास कोषका निर्देशक भरत मरासिनी सम्झनुहुन्छ । यस क्षेत्रको विकासका लागि २०३८ सालमै पशुपति क्षेत्र सुधार तथा विकास समिति गठन भएको थियो । २०४३ सालमा अध्यादेशमार्पmत पशुपति विकास कोष स्थापना भयो । यसपछि पशुपति क्षेत्र विकास कोष ऐन–२०४४ आयो । यही ऐनअनुसार कोष अहिले सञ्चालित छ । कोषले २०५६ सालमा पशुपति क्षेत्रको संरक्षण र विकासका लागि अवधारणात्मक गुरुयोजना स्वीकृत ग¥यो । स्वीकृत गुरुयोजना २०५८ सालदेखि २०६८ सालसम्म कार्यान्वयन भयोे । गुरुयोजनाले पशुपति क्षेत्रलाई तीन भागमा छुट्यायो । पशुपतिनाथ र गुह्येश्वरी मन्दिर वरिपरिका धार्मिक, पुराताŒिवक संरचना भएको र धार्मिक क्रियाकलाप सञ्चालन हुने ठाउँलाई केन्द्रीय क्षेत्र भनियो । मृगस्थली, कैलाश, हेमन्त भैरव, भुवनेश्वरी, घाट, वनकाली, देवउद्यान, गौशाला, मङ्गलागौरी, पिङ्गलास्थान र त्रिविक्रमलाई सन्निकट क्षेत्रमा राखियो । यसैगरी बाग्मती पूर्व चक्रपथ दक्षिणको तिलगङ्गा तथा चक्रपथ (विमानस्थल) पश्चिम बागमती पूर्वलगायत स्थल परिधीय क्षेत्रमा प¥यो ।
गुरुयोजनाले तय गरेका धेरै कार्यक्रमहरू कार्यान्वयन हुन सकेनन् । केन्द्रीय क्षेत्रमा परेका कार्यक्रममध्ये जग्गा अधिग्रहण गरी अनावश्यक संरचना हटाउने र स्मारकको संरक्षण गर्ने कार्यमात्र भयो । यही क्षेत्रमा परेको कार्यक्रमअनुसार नै कैलाशको दक्षिण भागमा ल्यान्डस्केपिङ बनाउने काम भएको हो । परिधीय क्षेत्रमा मृगवाटिकाको निर्माण, शिवालय क्षेत्र संरक्षण, क्रियापुत्री सेवा विस्तार, विद्युत् शवदाह गृह निर्माण गरी मेसिन जडान (सञ्चालन भने २०७२ माघ १० बाट), संस्कार मण्डप निर्माण, गौशाला तथा भण्डारखालमा बगैँचा बनाउने काम भयो । परिधीय क्षेत्रमा करिब ४०० जना क्षमताको धर्मशाला बनेको छ तर यो धर्मशाला गुरुयोजनाको अवधिभन्दा पछि बनेको हो । 

राम्रा–राम्रा योजना बन्ने तर कार्यान्वयन नहुने हाम्रो पुरानो रोग नै हो । यो रोगबाट पशुपति क्षेत्र पनि अछुतो रहने कुरै भएन । कोषका पूर्वसदस्य–सचिव चेतोनाथ गौतम भन्नुहुन्छ, ‘धेरै बिराला भए भने मुसो खाँदैन भन्छन् । यो उक्ति कोषलाई पनि लागू भयो । पशुपति क्षेत्रको विकास र संरक्षणमा कोषका साथै गुठी संस्थान, पुरातŒव, भूकम्पपछि पुनर्निर्माण प्राधिकरण, स्थानीय तहलगायत निकायले प्रत्यक्ष र अप्रत्यक्ष सरोकार राख्छन् । धेरै निकाय हुँदा कसले कुन काम गर्ने टुङ्गो छैन । त्यसैले एकद्वार प्रणालीबाट यहाँको काम हुनुपर्छ ।’
अवधारणात्मक गुरुयोजनाको कार्यकाल सकिएपछि पनि वनकाली क्षेत्रमा कोषले अधिग्रहण गरेर घर–टहरा भत्कायो । यो ठाउँ अहिले खुला चउर छ । चउरमा सवारीसाधन पार्किङ गर्ने गरिएको छ । यहाँका सय र पशुपतिनाथ मन्दिरको पश्चिम द्वार अगाडिबाट हटाइएका ११९ घरपरिवार कोषले नै तिलगङ्गा क्षेत्रमा उपलब्ध गराएको जग्गामा बसोवास गर्छन् । यस्तै रामघाट क्षेत्रमा पनि अधिग्रहण गरी यहाँका वासिन्दालाई मुआब्जा वितरण गरिसकिएको छ । कोषले गोठाटारमा रहेको आफ्नै जग्गा यहाँका बासिन्दालाई बसोवासका लागि उपलब्ध गराउने भएको छ । बस्ती स्थानान्तरण गर्दा पशुपति क्षेत्रका परम्परागत जात, भण्डारी र विसेटलाई भने यहीँको चार किल्लाभित्र जग्गा उपलब्ध गराइएको छ ।
पशुपति क्षेत्र वैदिक सनातन धर्मावलम्बीहरूका अस्थाका केन्द्र हो । काठमाडौँको केन्द्रदेखि पाँच किलोमिटर उत्तर–पूर्व र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि पश्चिम एक किमिको दूरीमा बागमती नदीकिनारमा पशुपतिनाथको मन्दिर छ । देवपाटन, जयवागेश्वरी, गौरीघाट, चाबहिल, कुटुबहाल, सिफल, गौशाला, पिङ्गलास्थान र श्लेषमान्तक वनलाई समेटेर यो क्षेत्र २६४ हेक्टर क्षेत्रफलमा पैmलिएको छ । यसमध्ये प्राचीन स्मारक ८३.५५ हेक्टर क्षेत्रफलमा पैmलिएको छ । साना–ठूला गरी यहाँ ४९२ वटा मठमन्दिर, पाटीपौवा, आश्रम, सत्तल, स्तूप, ढुङ्गेधारा आदि स्थल छन् । यस्तै एक हजारभन्दा बढी शिवलिङ्ग विभिन्न ठाउँमा छरिएर रहेका छन् । यी सम्पदा धार्मिक, ऐतिहासिक तथा पुराताŒिवक दृष्टिकोणले अत्यन्तै महŒवपूर्ण छन् । इसापूर्व तेस्रो शताब्दीदेखिका मूर्तिहरू यहाँ पाइएका छन् । यहाँका जात्रा, पर्व नेपालको विशिष्ट संस्कृति बनेको छ । यो क्षेत्र खुला सङ्ग्रहालय नै हो । युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत छ तर यसको उचित व्यवस्थापन, संरक्षण र उपयोग भने हुन सकेको छैन ।

पुनर्निर्माण कति ?
कोषको गुरुयोजना राम्रोसँग कार्यान्वयन हुन नसकिरहेको बेला २०७२ सालको भूकम्पले यहाँका सम्पदामा नराम्रोसँग क्षति पु¥यायो । विभिन्न मन्दिर र सत्तल गरी ९० वटा सम्पदामा भूकम्पले क्षति पु¥याएको निर्देशक मरासिनीको भनाइ छ । यसमध्ये ३५ वटाको पुनर्निर्माण भइसकेको र १० वटा पुनर्निर्माणका क्रममा छन् । मरासिनी भन्नुहुन्छ, ‘बजेटको अभाव त छैन तर परम्परागत निर्माणसामग्री जुटाउन मुस्किल छ । जस्तो १४ फिटको सिङ्गो दलिन यतिखेर हामीलाई अभाव छ । प्राविधिकहरूको पनि खाँचो छ । सार्वजनिक खरिद ऐन तथा नियमावली पालना गर्दा हुने ढिलाइ पनि आफ्नो ठाउँमा छँदै छ ।’ कतिपय सम्पदाको पुनर्निर्माणका लागि ड्रइङ डिजाइन भइरहेको छ । विश्व रूप, वज्रघर र पञ्चदेवलको पुनर्निर्माण कार्य कोषले आफैँ गर्न कठिन छ । विश्व रूपको पुनर्निर्माणका लागि डीपीआर माग्ने तयारी भइरहेको कोषका सूचना अधिकारी प्रेमहरि ढुङ्गानाले जनकारी दिनुभयो ।

बन्दैछ वृहत् गुरुयोजना
भूउपयोग गर्ने नीतिसहित पशुपति क्षेत्रको वृहत् गुरुयोजनाको मस्यौदा तयार भएको छ । कोषको परिषद् बैठकले मस्यौदालाई अन्तिम रूप दिएपछि स्थानीयदेखि सरोकारवाला निकायसम्म छलफल गरी वृहत गुरुयोजना तयार हुन्छ । मस्यौदामा केन्द्रीय, सन्निकट, परिधीय तीन क्षेत्र पुनः कायम छ । गोठाटारको कोषको जग्गालाई सेवाक्षेत्र भनी थप गरिएको छ । शिक्षा, स्वास्थ्य, आवास, सामुदायिक सेवा र धार्मिक वनोद्यान उपक्षेत्र यसमा राखिएको छ । गुरुयोजनाको सोच एक सय वर्षको र तथ्याङ्क प्रक्षेपण आगामी पचास वर्षको प्रस्ताव गरिएको छ । गुरुयोजनाको मस्यौदाले पशुपतिनाथ र गुह्येश्वरी मन्दिर क्षेत्रको प्राङ्गणलाई विस्तार गर्ने मुख्य लक्ष्य राखेको छ । प्राङ्गण विस्तारले भक्तजन र विभिन्न धार्मिक गतिविधि गर्नलाई सहज हुनेछ । यस्तै धार्मिक पर्यटकका लागि विश्राम गृह, सूचना केन्द्र, यहाँका विभिन्न मन्दिरमा जानका लागि ‘परिक्रमा पथ’ निर्माण गरिने योजना छ । पशुपति क्षेत्र साधकहरूका लागि साधनाभूमि पनि भएकाले वेद विद्याश्रमको पूर्वी भागमा अध्ययन केन्द्र, गुह्येश्वरीको उत्तर–पूर्वी भागमा वर्षाको पानी जम्मा गर्ने जलाशय बनाएर हिउँदमा बागमतीमा पानी बगाउने योजनालगायत प्रस्ताव छ ।
पशुपति क्षेत्र धार्मिक तथा साँस्कृतिक दृष्टिकोणले महŒवपूर्ण छ तर यसको महŒव यतिमात्र नभएको कोषका परिषद् सदस्य घनश्याम कोइराला ठम्याउनुहुन्छ । हुन पनि हो, हामी विशेष पर्व, तिथि वा बारमा पशुपतिनाथ, गुह्येश्वरी वा मुख्य मन्दिरको दर्शन र पूजाआजामै मात्रै सीमित हँुदै अएका छौँ । यहाँका लिच्छविकालीन मूर्तिका प्रस्तर कलाको पनि मर्म बुभ्mनुपर्छ । विशिष्ट संस्कृति बनेर सदीयौँदेखि चलिआएका जात्रा–पर्वबारे चासो राख्नुपर्छ । एउटै थलोमा जन्मदेखि मृत्युसम्मका विभिन्न संस्कार नजिकबाट नियाल्न सक्नुपर्छ । अनि पो त खुला सङ्ग्रहालयका रूपमा यसले विश्वभर चर्चा कमाउने मौका पाउँछ ।

 पुष्पराज जोशी

राजनीति नगरौँ

गोविन्द टण्डन, संस्कृतिविद्

पशुपति क्षेत्र विश्वकै उच्चस्तरको सम्पदा हो । यसको संरक्षण र विकासका लागि गुरुयोजना बनाएर काम भएको छ । अहिले भूउपयोगसहितको गुरुयोजना बन्दै छ तर यसमा विज्ञ व्यक्तिको सहभागिता कम देख्छु । बजेट सक्ने मेसोमात्रै हो यो । यसैगरी खाली गरिएको जग्गा कसरी उपयोग गर्ने भन्ने पनि प्रश्न छ । पछिल्लोपटक अधिग्रहण गरिएको जग्गाबाट मानिसलाई उठाउन सकिएको छैन । विश्वकै अग्लो ढलोटको मूर्ति विश्वरूपको मन्दिर पुनर्निर्माण हुन सकेको छैन ।
मैले २०७० देखि २०७४ सालसम्म पशुपति विकास कोषमा काम गरेँ । त्यतिबेला पशुपति क्षेत्रको संरक्षण र विकास कसरी गर्ने भन्नेसम्बन्धमा अन्तर्राष्ट्रिय सम्मेलन नै आयोजना गरेको थिएँ । यो सम्मेलनबाट प्राप्त सुझाव पनि कार्यान्वयनमा लगिएको छैन । भारतका तीर्थस्थलमा जस्तो एउटा धर्मशाला बल्ल बनेको थियो, यसलाई पनि होटेलका रूपमा सञ्चालन गरिएको छ भन्ने सुनेको छु । होटेल बनाउँदा यसको उद्देश्य विपरीत हुन जान्छ ।
पशुपतिनाथको पश्चिम द्वार अगाडि खुला क्षेत्र बनाई
‘ल्यान्डस्केपिङ’ हुनु अहिलेसम्मकै राम्रो काम हो । पशुपति क्षेत्रको २६४ हेक्टर जमिन छ । यसका लागि यो जमिन धेरै होइन । अलिकति टाढा भए पनि कोषको गोठाटारको जग्गा र यहाँको जग्गा दुवैलाई मिलाएर एकीकृत विकासमा ध्यान दिनुपर्छ । भारतको तिरुपतिमा पनि यस्तो गरिएको छ । यहाँको मूर्त र अमूर्त सम्पदाको संरक्षण गर्ने नाममा राजनीति नगरौँ । राजनीतिभन्दा माथि उठेर काम गरौँ । नत्र यसमा बाधा पर्छ ।

रूखो व्यवहार भोग्नुपर्छ

वैद्यराज सुवर्ण वैद्य, नित्य दर्शनार्थी

पशुपति क्षेत्रमा मानव बस्ती हटाउँदा यो क्षेत्र केही खुला र आकर्षक देखिएको छ । तर, भक्तजनले विविध हैरानी खेप्नुपरिरहेको छ । यो पावन क्षेत्रका मन्दिरमा घण्टमा रालो छैन, घण्ट बज्दैनन् तर सुरक्षाकर्मीका सिठी भने निरन्तर बजिरहन्छ । सशस्त्र प्रहरी, जनपद प्रहरी, पशुपति क्षेत्र विकास कोषको सुरक्षा दस्ता र निजीस्तरमा राखिएका सेक्युरिटी गार्डको जमातले यत्रतत्र सिठी फुक्छन् । सिठीको कोलाहलबीच देवताको आराधना कसरी होला ?
आर्यघाटको ब्रह्मनालमा राख्नुअघि बाँचिरहेकालाई सेवा सुविधा प्रदान गर्ने घाट व्यवस्थापनप्रति कोही गम्भीर छैनन्, यो स्थान भावनात्मक रूपले निकै मर्मस्पर्शी स्थान हो, यहीँ नै रहेर मृतकको वैकुण्ठवासको कामना गरिन्छ तर आर्यघाट सेवालाई कसैले व्यवस्थापन गर्न चासो दिएको छैन । यहाँ रहेका शिवालयमा पूजा–आराधना गर्न नै कठिन छ । कतै मूर्ति छ, मन्दिर छैन, कतै मन्दिर छ, मूर्ति छैन । यो दुवै भएका स्थानमा पुजारी छैनन्, पुजारी छन् टीका, प्रसाद छैन । पुजारीले पूजाआजाको पर्याप्त खर्च पनि पाएका छैनन् । अनि कसरी बस्नु देवस्थलमा पुजारी । विश्व रूपमा चलिआएको चौपाया बलि रोकिएको छ, बडादसैँमा १०८ कन्यापूजा गर्ने चलन रोकिएको छ । पशुपतिनाथ महास्नानमा चढाइएका भोगको सदुपयोग भएको छैन, पूर्णिमामा भोग सकिएपछि भोगका मिठाइ अन्न फलफूल लुछाचुँडी हुन्छ यो राम्रो भएन । मन्दिर भावनासँग जोडिएको हुन्छ । भौतिक निर्माण थुपारेर केही हुँदैन ।
भावना जागृत हुने, मन शान्त हुने र मन बहलाउने धार्मिक क्रियाकलाप यहाँ ठ्याम्मै अनुभव गर्न सकिएको छैन । उहिल्यै त्यस्तो थिएन । आर्यघाटबाट अञ्जुलीमा जल ल्याएर पशुपतिनाथलाई अर्पण गरिन्थ्यो । यसअघि सक्नेले नदी स्नान गर्थे, विरुपाक्ष पुज्दै मन्दिर परिसर पस्थे । आर्यघाटतर्फको ढोका बन्द भएको दुई दशक भएको छ । भक्तजनप्रति गरिने व्यवहार रूखो र खरो छ । यो क्षेत्रमा त हार्दिकतापूर्वक व्यवहार हुनपर्ने हो नि, होइन र ! यत्रतत्र सहनाइ, नगरा, तुरही र गुजराती बाजा बजेका हुन्थे । अहिले यी बाजाका ठाउँमा सुरक्षाकर्मीको सिठीको आवाज बढी सुनिन्छ । जँड्याहाका अश्लील बोली सुनिन्छ, धक्का खेप्दै हिँड्नुपर्छ ।

 सरोज आचार्य

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?