logo
२०८१ बैशाख ७ शुक्रवार



लघुकथा: महिला सिट

शनिवार |


लघुकथा: महिला सिट


आर. आर. चौलागाईं

कौशल सर र म हेटौँडाबाट काठमाडौँ जान हिँडेका थियौँ । बल्खु अब धेरै टाढा थिएन । चोभार आइपुग्न लागेपछि हामी चढेको टाटासुमो बिग्रियो । चालकले हामीलाई गाडी बन्न समय लाग्छ भनेपछि हामी फर्पिङबाट आउने लोकल बसको पर्खाइमा रह्यौँ । एक किसिमले हाम्रो टाटासुमो बिग्रेको पनि ठिकै भएछ कि जस्तो लाग्यो किनभने टाटासुमोले बल्खुमा झारेपछि रत्नपार्क पुग्न हामीले कुनै न कुनै लोकल खटारा चढ्नुपथ्र्यो । हामी चढेको ठाँडो बिग्रेपछि रत्नपार्कसम्म पुग्न आखिर हामीले अर्कै साधन नचढी धरै थिएन । कुरो उस्तैउस्तै हुन्थ्यो । हामीले अलिकति तनाव झेल्यौँ । त्यत्ति हो ।
एकछिन हिँडेर चोभारको पारिपट्टि पुगेपछि बस आइपुग्यो । हामी टाटासुमोका सबै यात्रु बसमा चढ्यौँ । अरू स्थानीय मान्छेहरू पनि चढे । बस झन्डै खालीजस्तै थियो । कौशल सर र म सिटमा सँगै बस्यौँ । अलि माथि बजारको एउटा चोकमा बस रोकियो । बस कुरेर बसेका केही मान्छे हतारहतार चढे । त्यहाँ बस चढ्ने क्रममा हेर्दै पढेलेखेका, सिँगारिएका र खाइलाग्दा दुई जना महिला पनि चढे र हाम्रो नजिक आइपुगे । एउटी महिलाले इसारा गरेर हामीलाई भनिन्– “ऊ त्यहाँ के लेखेको छ हेर्नोस् त !” हामीले उनले भनेतिर हे¥यौँ । त्यहाँ ‘महिला सिट’ लेखिएको थियो । अर्थात् हामी महिलाको सिटमा बसेका रहेछौँ । हामी अनजानमा बसेका थियौँ । हामीले बस चढ्ने चटारोमा यस्तो गरेका थियौँ । तैपनि हामीबाट गल्ती भइसकेको थियो । कौशल सर र मैले एकै स्वरमा क्षमा माग्यौँ र ती महिलालाई बस्न आग्रह ग¥यौँ । हामी उठेपछि ती महिला हामी बसेको सिटमा बसे । अनि हामी उनीहरू उभिएको ठाउँमा उभियौँ । बस आफ्नो गन्तव्यतिर दौडिरहेको थियो । ती महिला एक आपसमा कुरा गर्दै थिए । तीमध्ये झ्यालतिरकीले यस्तो भन्दै थिइन्– “हो कि हैन भन त ! हामी महिला पुरुषभन्दा कुनै कुरामा पनि कम छैनाँै । हामीलाई कसैको दयामाया चाहिन्न । हामी आफ्नै खुट्टामा उभिएका छौँ । म त झन् आरक्षणको सख्त विरोधी हुँ ।”
छेउतिर बस्नेले उनकै तर्कमा सही थाप्दै थिइन्– “हो भन्या ! यो आरक्षणले महिलालाई झन् परजीवी बनाउँछ । आज त मेरो कलेजमा पढाउने विषय पनि यही छ ।” हामी चाख मानेर उनीहरूका कुरा सुन्दै थियौँ र बेलाबेलामा एक अर्कालाई हेर्दै हाँसिरहेका पनि थियौँ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?