logo
२०८० चैत्र १५ बिहीवार



जन्मेदेखि तेह्र वर्षसम्म ओछ्यानमै

पढ्नै पर्ने |


जन्मेदेखि तेह्र वर्षसम्म ओछ्यानमै


सन्तोष सुवेदी

सिरहा, मङ्सिर ६ गते । शरीरभन्दा टाउको अस्वाभाविक रुपमा ठूलो भएपछि सिरहाको उत्तरवर्ती धनगढीमाई नगरपालिका–१४ बिहीबारेकी १३ वर्षीया एक वालिका उपचार अभावमा जन्मेदेखि नै ओछ्यानमा सुत्न बाध्य छिन ।

टाउको उठाउन नसक्दा निर्मलासिंह राजपुतकी माहिली छोरी रोजिता ओछयानमै सुतिरहन्छिन् । टाउको अस्वाभाविक भए पनि राजपुत परिवारले आर्थिक अभावमा छोरीको उपचार गराउन सकेका छैनन । उपचार हुन नसक्दा रोजितालाई उनकी आमा निर्मलाले रातदिन हेरचाहमा तल्लिन हुनुपरेको छ ‘जेठी छोरी सुनिता र कान्छी रचना दगुरी हिड्दा उनी पनि उठेर दगुर्न र खेल्न खोज्छिन’, रोजिताकी आमा निर्मलाले भन्नुभयो– यसैगरी उनीहरु विद्यालय जाँदा रोजिताले पढ्ने मन गर्छिन तर टाउको उठाउन नसक्दा रोएर चित्त बुझाउँछिन् ।

रोजिताले दिसा पिसाब ओछ्यानमै सुतेको अवस्थामा गर्ने भएकाले उनको स्याहार सुसारमै दिन वित्ने गरेको उहाँले सुनाउनुभयो । सुकुम्बासी परिवारका उनीहरु बिहीबारेमा एउटा सानो काठको घरमा वस्छन् । घर भएको जग्गा पनि ऐलानी हो । निर्मला सिंहका अनुसार जन्मदा टाउको ठुलो नभए पनि जन्मेको दुई महिनापछि अस्वाभाविक रुपमा टाउको बढेको हो ।

निर्मलाको पति सञ्जयले दिल्लीमा मजदुरी गरेर पठाएको रकमले उक्त परिवारको गुजारा जसोतसो चलेको छ । ‘पति दिल्लीमा मजदुरी गरेर वर्षमा १५/१६ हजार लिएर आउनु हुन्छ, त्यही रकमले तीन छोरी र आफ्नो लालनपालन गर्नुपरेको छ’, उहाँले दुखेसो पोख्नुभयो– छोरीको उपचार कहाबाट गर्नु रु उपचार गर्न पाएको भए हिड्न सक्ने हुन्थिन् की भन्ने आशा छ ।

टाउको ठूलो भएर उठाउन नसके पनि आफूलाई लागेको कुरा स्पष्टसँग भन्ने गर्छिन् रोजिता । ‘सबै कुरा बोल्छिन्, रेडियोमा गीत आउदा रेडियोसँगै गीत गाएर हात हल्लाउने गर्छिन्’, निर्मलाले भन्नुभयो–‘नाच्न खोज्छिन तर नसक्दा घरी घरी रुन्छिन ।’ रुँदा उनको एउटै प्रश्न हुन्छ–‘म हिड्न सक्ने कहिले हुन्छु ममी रु’ यस्तो सोध्दा मेरो मन पनि भक्कानिएर आउँछ, उहाँले भन्नुभयो ।

छोरीको अवस्था दिनभरी टुलुटुलु हेरेर बस्ने बाहेक केही उपाय नरहेको विवशता पोख्दै निर्मलाले दुखेसो पोख्नुभयो–गरिवलाई हजुर दैवले पनि दुख दिदा रहेछन्, दैव पनि कति निष्ठुरी रु गरीवलाई नै सताउँदो रहेछन् ।’

बिहीबारे पुग्ने जोकोहीले रोजिताको अवस्था देखेर उपचारमा सहयोग गर्ने बताए पनि कसैले अहिलेसम्म सहयोग नगरेको निर्मलाको गुनासो छ । बाटो हिडनेलाई काका, दादा, मामा, काकी भनेर रोजिताले बोलाउदा छोरीको साह्रै पीर लाग्ने गरेको निर्मलाले सुनाउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?