logo
२०८० चैत्र १५ बिहीवार



भानुआतुको तटीय क्षेत्रमा ६.४ म्याग्नीच्युडको भूकम्प   

अन्तर्राष्ट्रिय |


भानुआतुको तटीय क्षेत्रमा ६.४ म्याग्नीच्युडको भूकम्प   


सिड्नी, कात्तिक ४ गते । भानुआतुको तटीय क्षेत्रमा सोमबार ६.४ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जनाएको छ ।    
    
स्थानीय समय अनुसार सोमबार अपराह्न २ बजे सो भूकम्प आएको थियो । सो भूकम्प आउनु १२ घण्टा अगाडि भानुआतुको तटीय क्षेत्रबाट ९१ किलोमिटर टाढा रहेको इलाका प्रभावित हुने गरी ४.५ म्याग्नीच्युडको भूकम्प गएको थियो ।    
    
भूकम्पपछि हालसम्म सुनामीको चेतावनी जारी नगरिएको र धनजनको क्षतिको पनि कुनै विवरण प्राप्त भएको छैन ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?