logo
२०८१ बैशाख १३ बिहीवार



आयुर्वेदिक उपचारमा चन्द्रनिघण्टु

शनिवार |


आयुर्वेदिक उपचारमा चन्द्रनिघण्टु


 बलराम चौलागाई

 

निघण्टुना विना वैद्यो विद्वान् व्याकरणं विना
आयुधं च विना योद्धा त्रयो हास्यस्य भाजनम् ।

राजनिघण्टु : को प्रस्तावनामा उल्लिखित यो श्लोकको अर्थ यस्तो छ– ‘निघण्टुको अध्ययन नगरेको वैद्य, व्याकरणको ज्ञान नभएको विद्वान् र हतियारविनाको व्याधा । यी तीनैजना हास्यास्पद व्यक्तिहरू मानिन्छन् ।
संस्कृत भाषामा ‘नि’ शब्दको अर्थ शेष अर्थात् बाँकी नरहनु हो भने ‘घण्टु’ को अर्थ सँगालो भत्रे लाग्दछ । यो आलेखमा कोट्याउन लागिएको प्रसङ्ग चन्द्रशमशेर र नेपाली जडीबुटीका सम्बन्धमा व्याप्त धारणाप्रति आमनागरिकलाई सामान्य विषयबोध गराउनु हो । पूर्वीय दर्शनमा आधारित आरोग्यशास्त्रको प्रमुख हस्तलिखित दस्तावेजका रूपमा रहेको यो ऐतिहासिक ग्रन्थ नेपालमा धेरै पहिलेदेखि नै अस्तित्वमा रहेको भए पनि तत्कालीन श्री ३ महाराज चन्द्रशमशेरको कार्यकालमा परिमार्जित रूपमा आएको हुँदा यसलाई आधिकारिक र अद्यावधिक मानिन्छ । उनकै नामसँग जोडिएर प्रचलनमा आएको ‘चन्द्रनिघण्टुः’ लाई नेपालको मात्र नभएर आयुर्वेद क्षेत्रकै एक अमूल्य ग्रन्थका रूपमा लिन सकिन्छ । यो ग्रन्थ मूलतः संस्कृत भाषामा लेखिएको भए पनि नेपाली, नेवारी, हिन्दी, अङ्ग्रेजी आदि प्रमुख भाषामा पनि अनुवाद गरिएकाले यसको महिमा झनै बढ्न गएको हो ।
आयुर्वेदशास्त्रमा निघण्टुको शाब्दिक अर्थ शरीरमा रोग लाग्दा उपचारका निम्ति प्रयोग गर्न मिल्ने वनस्पतीय जडीबुटी र अन्य खनिज तŒवहरूका बारेमा आजसम्म अज्ञात रहेको विषयमा कुनै शेष नराखेर खोजपूर्ण अन्वेषण गरेर यसको महŒव दर्शाउनु हो । सामान्य बोलीचालीको भाषामा द्रव्य भत्राले पैसा भन्ने बुझिन्छ तर आयुर्वेदशास्त्रमा यसको अर्थ जडीबुटी, खनिज तŒवजस्ता विषयवस्तुलाई जनाउँछ । आयुर्वेदीय चिकित्सा पद्धतिको विकासक्रम पूर्वीय दर्शन र सभ्यताको मूल्य–मान्यतासँगै विकसित भएर आएको हो । हाम्रो पौराणिक ग्रन्थ रामायणमा वर्णन गरिएअनुसार मर्यादापुरुष श्रीरामका भाइ लक्ष्मण युद्धमा घाइते हुँदासमेत हिमालयमा रहेका जडीबुटी हनुमानद्वारा झिकाएर ज्यान जोगाएको प्रसङ्ग उल्लेख छ भने यसका अन्य उदाहरणहरू पनि यथेष्ट छन् । यो पद्धतिको विकास स्वयम् ब्र्रह्माजीबाट भएको हो भत्रे कुरा हिन्दु दर्शनका विभित्र ग्रन्थहरूको अध्ययनबाट थाहा हुन्छ । हिन्दु धर्मका पवित्र ग्रन्थ चार वेदका विभिन्न उपवेदमध्ये एक आयुर्वेदको प्रचार–प्रसार र प्रवद्र्धन दक्ष प्रजापति, अश्विनीकुमार, इन्द्र आदि गरिएका देवता हुँदै समुद्र मन्थनबाट उत्पत्र भगवान् धन्वन्तरीद्वारा समेत हुँदै आएको कुरा हिन्दु शास्त्रीय विधानहरूमा उल्लेख छ ।
नेपाललगायत छिमेकी मुलुक भारतकै पनि एकमात्र मौलिक एवम् पुरानो चिकित्सा पद्धति आयुर्वेद हो । यसलाई विश्वका अन्य मुलुकहरूले पनि आत्मसात् गर्दै आएका छन् । पछि मात्रै विकसित भएको आधुनिक चिकित्सा प्रणाली (एलोपाथिक) प्रतिको बढ्दो भुकावका कारण यो पद्धति केही पछि परेकोजस्तो देखिए पनि यसको लोकप्रियता क्रमशः दिनानुदिन बढ्दो छ । आधुनिक औषधिहरूको दाँजोमा जडीबुटीद्वारा गरिने उपचार केही ढिलो हुने भए पनि हानिकाररहित हुन्छ भत्रे आमधारणा रहिआएको छ । यस विधाको प्रवद्र्धक मानिनुहुने भगवान् धन्वन्तरीलाई विष्णुको अवतारका रूपमा लिने गरिन्छ । उहाँका चार हातमध्ये एक हातमा अमृतसहितको कलश, अर्कोमा आयुर्वेद ग्रन्थ, तेस्रोमा शङ्ख र चौथोमा जडीबुटी रहेको दृश्य हामी सबैले विभित्र ग्रन्थहरूमा देख्दै आएका छौँ । यसको महिमा कायम राख्न र यस विधाको श्रीवृद्धिका लागि हरेक वर्ष कात्तिक त्रयोदशीका दिन नेपालमा धन्वन्तरी दिवस बडो धुमधामसँग मनाउने चलन रहिआएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमातहतको सिंहदरबार वैद्यखाना विकास समितिको तŒवाबधानमा यो दिवस मनाइन्छ ।
कान्तिपुरका राजा प्रताप मल्लको शासनकालदेखि सुरु भएर विभित्र समयमा ठाउँसारी हुँदै आएको सिंहदरबार वैद्यखाना नेपालमा आयुर्वेदीय औषधि उत्पादनको प्रमुख केन्द्र पनि हो । यसैको संरक्षकत्वमा रहेको ‘चन्द्रनिघण्टुः’लाई आयुर्वेद क्षेत्रको मात्र नभएर, राष्ट्रकै अमूल्य निधिका रूपमा लिइन्छ । नेपालको मौलिक ग्रन्थका रूपमा रहेको चन्द्रनिघण्टुः सरकारी तथा गैरसरकारी निकायलगायत आयुर्वेद चिकित्सा विज्ञानका विद्यार्थीहरूका लागि उपयोगी ग्रन्थहरूमध्येको एक हो । यस अतिरिक्त आयुर्वेदशास्त्रका अनुसन्धानकर्ता, वनस्पतिविज्ञ एवम् अन्य जिज्ञासुहरूका निम्ति पनि यो दुर्लभ कृति महŒवपूर्ण साबित हुने कुरामा सन्देह छैन । नेपाली, अङ्ग्रेजी र संस्कृत भाषामा प्रकाशित यो ऐतिहासिक हस्तलिखित ग्रन्थलाई अन्तर्राष्ट्रियस्तरको सन्दर्भ ग्रन्थका रूपमा पनि हेर्ने गरिन्छ । निघण्टुहरूको निर्माणक्रम संहिताकालदेखि नै प्रचलनमा भएको तथ्य प्राचीन चरकसंहिता, सुश्रुतसंहिताजस्ता ग्रन्थहरूबाट प्रमाणित हुन आउँछ ।
चन्द्रनिघण्टुःका बारेमा वर्णन गर्दा यसको मूल हाँगोको प्रसङ्ग कोट्याउनु वाञ्छनीय हुन्छ । यो ग्रन्थ तयार गर्नेक्रममा धन्वन्तरी, मदनपाल, भावप्रकाश, राज, कैयदेव आदिका नामले प्रचलित तत्कालीन विभित्र निघण्टुहरूका साथै अमरकोशलाई मुख्य आधार मानिएको कुरा प्रकाशमा आएको छ । विभित्र दस भागमा विभक्त चन्द्रनिघण्टुःमा विशेषगरी नेपाल र भारतमा उपलब्ध हुने र आयुर्वेदीय प्रयोजनका लागि फलदायी मानिने सबैखालका जडीबुटी तथा औषधिजन्य पदार्थहरूको वर्णन गरिएको छ । यहाँ उल्लिखित प्रत्येक जडीबुटी र द्रव्यको गुणकर्म र उपयोगका बारेमा सन्दर्भसहित नेपाली भाषामा अर्थ खुलाइएको छ । हरेक विषय र सन्दर्भलाई बोधगम्य बनाउनका लागि आवश्यक सङ्केतसहित रङ्गीन चित्रमा बढो मार्मिक ढङ्गले वर्णन गरिएको हुँदा यो ग्रन्थको महिमा अतुलनीय छ । ऐतिहासिक हस्तलिखित यो ग्रन्थ निर्माण गर्ने बेलामा अहिलेको जस्तो टाइप गर्ने, दृश्यहरू खिच्ने संशाधनहरूको विकास भएको थिएन । यस्तो कठिन परिस्थितिमा पनि तत्कालीन विद्वत्वर्गले संयुक्त रूपमा गरेको यो प्रयास आयुर्वेद क्षेत्रका लागि कोशेढुङ्गा साबित हुन पुगेको छ ।
नेपाल विभिन्नप्रकारका जडीबुटीहरूले भरिपूर्ण देश भएको र यहाँको भौगोलिक विविधताप्रति ध्यान राख्दा त्यसबेलाको यो प्रयास समयसाक्षेप नै थियो भत्रे कुरामा सन्देह रहँदैन । यति ठूलो हस्तलिखित निघण्टुमा नेपालमा पाइने झन्डै एक हजारप्रकारका जडीबुटीहरू र दुई सयको हाराहारीमा रहेका खनिज एवम् द्रव्यहरूको परिचय, उपयोगिता, संरक्षण र सम्बद्र्धनका बारेमा विशेष जानकारी पस्किने तत्कालीन विद्वान्–विदुषीहरूप्रति प्रत्येक पछिल्लो पुस्ता आभारी रहँदै आएको छ । नेपाली कागजमा सुन्दर ढङ्गले नेपाली वाङ्मयमा रचित यो ग्रन्थ एक हजार नौ सय १८ पृष्ठको छ ।
आमजनताको स्वास्थ्य रहन पाउने नैसर्गिक अधिकारको सवालमा आयुर्वेदका ज्ञाताद्वारा चिन्तन–मनन हुँदै आउँदासमेत स्वास्थ्य क्षेत्रको यस्तो अमूल्य निधिप्रति गम्भीर रूपमा ध्यान नपुग्नु दुःखद विषय हो । कस्तूरी मृगलाई आफूभित्र रहेको वीणाको ख्याल नभएर सुगन्ध प्राप्तिका लागि यत्रतत्र भौँतारिएझैँ हामी पनि आफ्नै पुर्खाले कठिनतम् परिश्रमका साथ तयार गरेर हाम्रैलागि छोडेर गएको स्वास्थ्य सेवाको उपहारलाई महŒव दिइरहेका छैनौँजस्तो अनुभव भइरहेको छ । जलस्रोत, जडीबुटी र भौगोलिक विविधताले धनी देशका हामी गरिब मानसिकता बोकेका नागरिक सामान्यखालको रोग लाग्दा पनि आधुनिक चिकित्सा सेवाका नाममा कुम्लोकुटुरो बोकेर विदेशतिर धाउँछौँ । आधुनिकताका नाममा एलोपेथिक सेवाको भरपर्दा हामी ऋणको चक्रव्यूहमा फँसेर गरिबीको मारमा पिल्सिन पुगेका छौँ । जडीबुटीले भरिभराउ राष्ट्रका नागरिक भएर पनि हामी आफैँले यसबाट प्रचुर फाइदा लिन नसक्नुमा हाम्रै दोष हो । सरकारमातहतको सिंहदरबार वैद्यखानालाई भरपर्दो र सुविधासम्पन्न बनाएर आयुर्वेदिक औषधि उत्पादनमा आत्मनिर्भर हुन आवश्यक छ ।

(लेखक नेपाल सरकारका पूर्वजनस्वास्थ्य अधिकृत हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?