logo
२०८० चैत्र १६ शुक्रवार



आस्थाको केन्द्र पाथीभरादेवी

शनिवार |


आस्थाको केन्द्र पाथीभरादेवी


 चक्र कार्की

टाढाबाट झट्ट हेर्दा पाथीमा अन्न भरेर चुल्याएजस्तै देखिन्छ । तत्कालीन गोरखाका राजा राम शाहले चलनचल्तीमा ल्याएका मानापाथी अझै पनि हाम्रा गाउ‘घरमा नापतौलमा प्रयोग हु‘दै आएका छन् । काबेली नपुग्दै सिंहपुरबाट हेर्दा पाथीभरा ठ्याक्कै पाथी आकारकै लाग्छ । आकाश सफा छ भने पाथीभरादेवीलाई ताप्लेजुङ नपुग्दै पनि देखिन्छ । पॉचथरको सिंहपुरबाट पाथीभरा छर्लङ्ग देखिन्छ । उच्च डॉडामा अवस्थित देवी पाथीभराको दर्शन गर्न आउने तीर्थयात्रीको मनोकामना पूरा गरिदिएर आस्था र विश्वास झन्झन् जित्दै गरेको अनुभव हुन्छ ।
मनमा भाकल बोकेर सुनसरीबाट आएका एक हूल तन्नेरीस‘ग ताप्लेजुङको फुङ्लिङबजारमा जम्काभेट भयो । दुबईमा बस्ने सुनसरी चक्रघट्टीका विक्रम कर्ण ३५ दिने बिदामा दुबईबाट घर आउनुभएको हो । उहाँले साथीभाइस‘ग पाथीभरादेवीको दर्शन गर्न जाने योजना बनाउनुभएको रहेछ । आठ जना साथीस‘ग बनेको पाथीभरा योजना भोलिपल्ट बिहान मोटरसाइकलमा ताप्लेजुङ हु‘इकिएका रहेछन् यी तन्नेरी । फुङ्लिङ बजारबाट बाइकमै अर्को दिन काफ्लेपाटी हान्निएका थिए । सानोफेदीसम्म निजी तथा भाडाका सवारी साधान जान्छन् । त्यसपछि भने झण्डै ९० डिग्रीको उकालो चढ्नुपर्छ देवीको दर्शन गर्नलाई । यस्तो ठाडो उकालोलाई पनि मनोरम दृश्यले आनन्द दिन्छ । वर्षौंदेखिको मनोकामना र भाकल पूरा गर्न आउने तीर्थालुको घुइँचो नै लाग्छ पाथीभरामा । विराटनगर नेपाल टेलिकमका कर्मचारी भरोसी साह पाथीभरा जॉदाको फेदीको उकालो भने जीवनमा कहिल्यै भुल्न सक्दिनँ र टुप्पोमा पुगेपछिको मज्जा पनि उत्तिकै स्मरणीय छ भन्नुहुन्छ ।
हिन्दू तथा बौद्ध धर्मालम्बीको बर्सेनि एक लाखभन्दा बढीको सङ्ख्यामा आगमन हुन्छ पाथीभरामा । तीन हजार आठ सय मिटर उचाइमा रहेको पाथीभरादेवीको दर्शन गर्न आउनेहरूमा टाढैबाट स्मरण गरेर भाकल गरी मनोकामना पूरा भएपछि आस्था र विश्वाससहित कठिन यात्रालाई पार गर्दै आइपुग्छन् । युरोप र अमेरिकामा यो उचाइमा त हिमाल हुन्छ तर हामी यसलाई पहाड भन्छौँ । हामीस‘ग आठ हजार मिटरभन्दा अग्ला हिमाल नै दर्जनको हाराहारीमा छन् भने अन्य थुप्रै अग्ला हिमशृङ्खला पनि छन् । सानोफेदीबाट सुस्तरी हिँड्दा तीन घण्टाको उकालो उक्लेपछि पाथीभरादेवीको धाममा पुगिन्छ । अघिको कठिन उकालो र सिरेटोलाई धाममा पुगेपछि एकाएक भुलाइदिन्छ । ऑखैअगाडिको कुम्भकर्ण हिमाल, विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा, मकालु, तमोर नदीको सुसेली र हिमाली सिरेटोले कठिनयात्राको कष्टलाई पनि बिर्साइदिन्छ ।
पाथीभराको अर्कोपट्टि मानाभरा छ । माना र पाथी आमुन्ने–सामुन्ने छन् । पाथीभराको आवाज मानाभरा हु‘दै झापाको दमकस्थित पाथीभरासम्म पुग्छ भन्ने किंबदन्ती छ । परापूर्वकालमा गोठालाले भेडा चराउन ल्याउ‘दा क्रमशः भेडा हराएका थिए रे । सधैँ भेडा हराउन थालेपछि गोडालाले पाथीभरामा भोग दिएर आफ्ना भेडा बचाएको भन्ने किंबदन्ती छ । पाथीभरामा पशुबलि दिने प्रथा छ र भाकल अनुसार पूजा गर्ने चलन छ । ‘तीर्थालुहरू मनको इच्छा र काम फत्ते होस् भनेर आइरहेका हुन्छन् । कतिपय भने सफलता मिलेको भन्दै आउ‘छन्,’ फुङ्लिङमा जरा होटल सञ्चालक जङ्गबहादुर सुनुवारले सुनाउनुभयो ।
पाथीभरा सामाजिक र धार्मिक आस्थाको केन्द्र हो । यहॉ दर्शन गर्न आउनेहरूमा नेपाल र छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको लर्को लाग्छ । युरोप, अमेरिका, बेलायत, अस्टे«लियामा बस्ने नेपाली स्वदेश आएका बेला हेलिकप्टर चार्टर गरेर पाथीभरा दर्शन गर्न आउ‘छन् । पाथीभराबाट देखिने मनोरम हिमशृङ्खलाले अन्य देशका पदयात्रीलाई पनि उत्तिकै मोहनी लगाउ‘छ । उच्च हिमालका आधार शिविरसम्म जान नसक्ने विदेशी पर्यटकका लागि पाथीभरा थप आकर्षणको थलो हो । पाथीभरामा धार्मिक पर्यटकबाहेक सांस्कृतिक, साहसिक, जैविक विविधता, स्थानीय कला र संस्कृतिको अध्ययन र अवलोकन गर्न पनि उत्तिकै आउ‘छन् ।
पाथीभरादेवीको मन्दिरसँगै गणेश र कान्छीदेवीका मन्दिर पनि छन् । स्थानीय लिम्बूहरूले पाथीभरालाई मुक्कुमलुङ भन्छन् । यसको अर्थ अग्लो डॉडामा रहेकी देवी हुन्छ । पाथीभरा जानलाई ताप्लेजुङ सदरमुकामसम्म ठूला सार्वजनिक यातायात जान्छन् । हवाईजहाज चढेर जाने भए काठमाडौँबाट हरेक सोमबार सुकेटारसम्म जान्छ । तर यो खासै भरपर्दो उडान छैन । बरु विराटनगर वा भद्रपुर उडान गरेर बसबाट जान सकिन्छ । निजी सवारी साधन लिएर जान पनि सम्भव छ । फुङ्लिङबजार र सुकेटारमा थोरै सुविधासम्पन्न होटल छन् भने सामान्य होटल त प्रशस्त छन् । फागुन, चैत र वैशाख महिनामा यहाँ तीर्थयात्रीको घुइँचो लाग्ने गर्दछ । असोज, कात्तिक र मङ्सिरमा पनि उत्तिकै आवतजावत भइरहेकै हुन्छ । अन्य महिनामा पनि तीर्थयात्रीको कमी मात्रै हो, हिउँ परिरहँदासमेत तीर्थालुहरू गइरहेकै हुन्छन् ।
मनले चिताएको मनोकामना तुरुन्तै पूरा हुन्छ भन्ने विश्वास बोकेर आउने तीर्थयात्रीहरू पाथीभरादेवीको दर्शन गरेपछि निकै प्रफुल्ल भएर घर फर्किन्छन् । हो, कुनै पनि धाम वा मनले चाहेको गन्तव्यमा पुगेर सफलतापूर्वक घर फर्किंदाको आनन्दानुभूतिले शरीर र मस्तिष्कमा भरिने ताजापनले सफलता र हौसला थप्छ । घामको पहिलो झुल्को झुल्किने ताप्लेजुङ पूर्वको प्रचुर सम्भावना भएको पर्यटकीय गन्तव्यस्थल हो । कञ्चनजङ्घा आधार शिविर र कञ्चनजङ्घा फेरो मार्न आउने हजारौँ पर्यटक यतै भएर आउँछन् । पाँच हजार ४०० मिटर अग्लो लुम्बासुम्बा पास गरेर मकालु आधार शिविर हुँदै तुम्लिङटारबाट राजधानी फर्किन पनि सकिन्छ ।
भारत र चीन दुवै छिमेकी राष्ट्रसँग सिमाना जोडिएको ताप्लेजुङ अलँैची खेतीका लागि प्रख्यात थलो हो । पाथीभरामा केबुलकार परियोजना पनि बन्दैछ । अबको केही वर्षपछि केबुलकारमा सरर्र देवीको दर्शन गर्न पुग्न सकिन्छ । पाथीभरा धार्मिक र साहसिक पर्यटकका लागि सङ्गमस्थल भएकाले यसको मज्जा हिँडेर पुग्नमै ज्यादा छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?