logo
२०८१ बैशाख ७ शुक्रवार



छाडा पशुचौपायाका कारण गहुँ लगायतका अन्नबाली नष्ट

प्रदेश |


छाडा पशुचौपायाका कारण गहुँ लगायतका अन्नबाली नष्ट


कृतबहादुर विष्ट
फूलवारी (कैलाली), माघ ९ गते । छाडा पशुचौपायाका कारण किसानहरुले लगाएको गहुँलागयतका अन्नबाली नष्ट भएका छन् । कैलालीको धनगढी लगायतका स्थानमा हूलकाहूल आउने छाडा पशुचौपायाले किसानहरुको पसाउनै लागेको गहुँवाली नष्ट गर्न थालेपछि किसानहरु चिन्तित बनेका छन् ।

दैनिकजसो हरेक रात आउने छाडा पशुचौपायाले किसानले बारीमा लगाएको गहुँबालीका साथै तोरी र तरकारीहरु खाएर नष्ट गर्न थालेका कारण किसानहरु रातभरी छाडाचौपाया धपाउनेतर्फ व्यस्त हुन थालेका छन् । धनगढी उपमहानगरपलिका लगायत जिल्लाकै दीर्घकालीन समस्याको रुपमा रहेको छाडा पशुचौपायाहरुले किसानहरुले लगाएको अन्नबाली वर्षनी खाएर नष्ट गर्नेगरेको भएपनि सरोकारवालाहरुले समस्या समाधानमा ध्यान नदिएको किसानहरुको आरोप छ ।

रातभरी छाडा पशुचौपाया आएर खेतमा लगाएको गहुँबालीका साथै अन्य अन्नवाली नष्ट गर्लान्की भनेर जाग्राम नै बस्नु पर्ने बाध्यता रहेको धनगढी उपमहानगरपालिका १४ का किसान चेतराज फुलाराले बताउनुभयो । चौपाया आएर अन्नबाली नष्ट गर्लानकी भनेर जाग्रम बसे पनि मनिसहरु सुतेको मौकाछोपी अन्नवाली खाएर नष्ट गर्नेगरेको फुलाराले बताउनुभयो । यतिखेर कोरोना महामारीभन्दा आफूहरुलाई छाडा चौपायाहरुले सताएको उहाँको भनाइ छ ।

सडकभरि वासस्थान बनाउने गरेको छाडा पशुचौपायाका कारण अन्नबाली नष्ट हुनुका साथै दुर्घटनाको समेत जोखिम बढेको स्थानीयकहरुको भनाइ छ । आफुले बारीमा लगाएको गहुँबाली छाडा चौपायाले नष्ट गरेको बताउँदै स्थानीय सरकारले छाडा पशुचौपाया नियन्त्रणमा ध्यान दिनुपर्ने स्थानीय किसान सुनिल चौधरीले बताउनुभयो ।

गाईले दूध दिन्जेल मात्र घरमा पाल्ने र दूध दिन छोड्ने बितिक्कै छाडारुपमा छोड्नेको पहिचान गरी कानुनी कारवाही गरिनुपर्ने धनगढी उपमहानगरपालिका –६ का किसान दशरथ कोलीले बताउनुभयो । जनप्रतिनिधिहरु निर्वाचित भएको पनि ५ वर्ष बित्नै लागे पनि यो समस्या सामाधान गर्न नसेकेको उहाँको गुनासो छ ।

यता धनगढी उपमहानगरपालिका १८ का वडा अध्यक्ष मुरारी अधिकारीले धनगढीलगायत जिल्लाभरि नै रहेको छाडा पशुचौपायाहरु ब्यवस्थापन गर्न नसकिएको बताउनुभयो । जति स्थानीय तहहरुले यो समस्या समाधान गर्न खोज्यो त्यति नै पशुहरुलाई छाडा छोड्ने प्रबृति हाबी भएको अधिकारीले बताउनुभयो । यो समस्या धनगढीमा मात्र नभई सबै ठाउँमा रहेको अध्यक्ष अधिकारीको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?