logo
२०८१ बैशाख १३ बिहीवार



नाम र राजधानी टुङ्गो लागेको खुशियालीमा मधेश प्रदेशमा आज सार्वजनिक बिदा

प्रदेश |


नाम र राजधानी टुङ्गो लागेको खुशियालीमा मधेश प्रदेशमा आज सार्वजनिक बिदा


विजयकुमार साह
ढल्केवर, माघ ४ गते । मधेश प्रदेशमा आज (मङ्गलबार) सार्वजनिक बिदा दिइएको छ । सोमबार दुईतिहाइ बढी बहुुमतबाट प्रदेश २ को नाम ‘मधेश प्रदेश’ र राजधानी ‘जाकपुरधाम’ टुङ्गो लागेको खुसियालीमा आज सार्वजनिक बिदा दिएको हो ।
प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले मङ्गलबार बिहान जारी गर्नुभएको सार्वजनिक बिदासम्बन्धी सूचनामा मधेश प्रदेशभर सार्वजनिक बिदा दिइएको व्यहोरा उल्लेख छ ।
प्रदेशको नाम ‘मधेश प्रदेश’ तथा स्थायी राजधानी ‘जनकपुरधाम’ घोषणा भएको ऐतिहासिक एवम् सुखद् उपलक्ष्यमा सम्पूर्ण प्रदेशवासीमा हार्दिक बधाई ज्ञापन गर्दै यस अवसरमा प्रदेश सरकारको निर्णयअनुसार बिदाको घोषाण गरिएको जानकारी सूचनामा उल्लेख छ । सोमबार बसेको प्रदेशसभा बैठकबाट झण्डै चार वर्षपछि प्रदेशको नाम र स्थायी राजधानीको टुङ्गो लगाएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?