logo
२०८१ बैशाख १३ बिहीवार



पाल्हीनन्दनमा पीडित किसानलाई अनुदानमा गहुँको बीउ

प्रदेश |
समाज |


पाल्हीनन्दनमा पीडित किसानलाई अनुदानमा गहुँको बीउ
गहुँको वीऊ अनुदानमा वितरण गर्दै पाल्हीनन्दन गाउँपालिकाका प्रमुख बैजुप्रसाद गुप्ता । तस्विर –गोपी ज्ञवाली



गोपी ज्ञवाली
नवलपरासी, मङ्सिर २१ गते । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाले बेमौसमी वर्षाका कारण धानमा क्षति बेहोरेका किसानहरुका लागि गहुँको बीउ अनुदानमा वितरण शुरु गरेको छ । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका किसानहरुले धानमा सबैभन्दा बढी क्षति बेहोरेका थिए । धानबालीमा क्षति बेहोरेको किसानहरुका लागि राहत स्वरुप अहिले गहुँको वीऊ ५० प्रतिशत अनुदानमा पालिकाका १३ सय भन्दा बढी किसानहरुलाई वितरण शुरु गरिएको पाल्हीनन्दन गाउँपालिकाका प्रमुख बैजुप्रसाद गुप्ता दीपकले बताउनुभएको छ ।

प्रमुख गुप्ताका अनुसार पाल्हीनन्दन गाउँपालिकाका १३ सयभन्दा बढी किसानहलाई गहुँको बीउ वितरणका लागि अहिले गाउँपालिकाले ३६ लाख ९६ हजारको बीउ खरिद गरिएको छ । एक बोरामा ४० किलोग्राम गँहुको बीउ आउने गर्दछ जसको बजा मूल्य २८ सय छ भने पाल्हीनन्दनका किसानहरुले सो गहुँको बोरा १४ सय रुपियाँमा पाउने भएका छन ।

यसरी बाढीपीडित किसानहरुले स्थानीय सरकारबाट सहुलियत मूल्यमा गहुँको बीउ पाउने भएपछि पाल्हीनन्दनका किसानहरु खुशी भएको हरपुरका किसान वीरेन्द्रप्रसाद जयसवालले बताउनुभएको छ । गाँउपालिकाले अहिले अनुदानमा वितरण गर्न लागेको गहुँको बीउ विजय र भृकृटी प्रजातिको बताइएको छ । गत असोजमा परेको बेमौसमी वर्षाका कारण नवलपरासीको पाल्हीनन्दन, सरावल, प्रतापपुर गाउँपालिका एवं रामग्राम नगरपालिकाका किसानहरुले काटेर सुकाएको एवं काट्न तयार रहेको धान बालीमा डुबानमा परी ठूलो क्षति बेहोरेका थिए ।

यस गाउँपालिकामा ८० प्रतिशत जनता कृषिमा निर्भर छन् । यस वर्ष बेमौसमी वर्षा र बाढीले ५० प्रतिशतभन्दा बढी धानबालीमा क्षति पु¥याएको थियो । धानमा क्षति व्यहोरेका किसानलाई प्राथमिकतामा राखेर सहुलियतस्वरुप गहुँको बीउ वितरण गर्न लागिएको गाउँपालिका अध्यक्ष गुप्ताले बताउनुभयो । क्षति व्यहोरेका किसानलाई गहुँको बीउसँगै बेमौसमी खेतीका लागि अन्य बीउ, पम्पसेट, हाते टेक्टरलगायत कृषि उपकरणसमेत सहुलियतका कार्यक्रम रहेको अध्यक्ष गुप्ताले बताउनुभयो ।

गत असोजमा परेको बेमौसमी वर्षाका कारण पश्चिम नवलपरासीमा पाँच हजार ९४७ हेक्टर क्षेत्रफल भन्दा बढि क्षेत्रमा लगाइएको धान बालीमा नोक्सान पुगेको जिल्ला कृषि ज्ञान केन्द्र नवलपरासीले बताएको छ । चार दिनसम्म लगातार परेको बेमौसमी वर्षाले खेतमा काटेर राखेको र काट्न तयार भएको धान ढलाएर पानीमा लगातार पाँच दिनसम्म डुबेको थियो । यसरी डुबेको धान बोट मै टुसाएपछि छ हजार २७३ मेट्रिक टन क्षति पुगेको जिल्ला कृषि ज्ञान केन्द्रका कृषि अर्थ विज्ञ डिल्लीराज पौडेलले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?