logo
२०८१ बैशाख ४ मंगलवार



भारतमा थप ९ हजार २१६ जना कोरोना सङ्क्रमित

अन्तर्राष्ट्रिय |


भारतमा थप ९ हजार २१६ जना कोरोना सङ्क्रमित


नयाँदिल्ली, मङ्सिर १७ गते । भारतमा हिजो बिहीबार नौ हजार २१६ जनामा कोरोना सङ्क्रमण देखा परेपछि कोरोनाको कूल सङ्क्रमितको सङ्ख्या तीन करोड ४६ लाख १५ हजार ७५७ पुगेको केन्दीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । बिहीबार कोरोना सङ्क्रमणबाट ३९१ जनाको मृत्यु भएपछि कूल मृतकको सङ्ख्या चार लाख ७० हजार ११५ पुगेको छ । भारतमा अझै पनि ९९ हजार ९९६ जना सक्रिय सङ्क्रमित रहेका पनि समाचारमा जनाइएको छ ।

गएको २४ घण्टामा भारतमा आठ हजार ६१२ जना कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना शुरु भएयता हालसम्म तीन करोड ४० लाख ४५ हजार ६६६ जनालाई कोरोनाको सङ्क्रमण निको भएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?