logo
२०८० चैत्र १५ बिहीवार



एमालेको केन्द्रीय कमिटी बैठक सौराहामा बस्दै

राष्ट्रिय |


एमालेको केन्द्रीय कमिटी बैठक सौराहामा बस्दै
फाइल तस्बिर


शालिग्राम नेपाल
चितवन, मङ्सिर १० गते । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज साँझ ८ बजे सौराहामा बस्दैछ । एमालेका केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार महाधिवेशन पूर्वको अन्तिम बैठक भएकाले सवैलाई धन्यावाद दिने हुन सक्ने बताउनुभयो । वैठकका एजेण्डाका विषयमा अहिले केही नभने पनि स्थायी कमिटीले केही निर्णया गरेको छ त्यही अनुमोदन गर्ने, महाधिवेशन सम्पन्न गर्न सहयोग गर्नेलाई धन्यवाद दिने लगायतको विषय हुने जानकारी दिनुभयो ।
महाधिवेशनका उमेद्वारहरुको व्यवस्थापन र सहमतीको प्रयासका विषयमा पनि जानकारी दिन सक्ने उहाँले बताउनुभयो । सौराहाको जंगल क्राउन होटलमा वस्ने बैठकमा पार्टी अध्यक्ष केपी ओलीले सम्वोधन गर्ने र धेरै विषय त्यहीबाट जानकारी हुने उहाले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?