logo
२०८० चैत्र १५ बिहीवार



तालिबानहरुसँगको भेटवार्ता लाभदायक : चिनियाँ विदेशमन्त्री

अन्तर्राष्ट्रिय |


तालिबानहरुसँगको भेटवार्ता लाभदायक : चिनियाँ विदेशमन्त्री


दोहा, कात्तिक १० गते । चिनियाँ विदेशमन्त्री वाङ यीले अफगानिस्तानको अन्तरिम सरकारका अधिकारीहरुसँग भएको भेटवार्ता सकारात्मक रहेको बताउनुभएको छ । अफगानिस्तानको अन्तरिम सरकारका अधिकारीहरुसँग उहाँले भेटवार्ता गर्नुभएको थियो । सो भेटले आपसी विश्वासमा वृद्धि भएको जानकारी विदेशमन्त्री वाङ यीले गराउनुभएको छ ।

विदेशमन्त्री वाङ यीले अफगानिस्तानको अन्तरिम सरकारका उपप्रधानमन्त्रीसँग कतारको राजधानी दोहामा भेटवार्ता गर्नुभएको थियो । उहाँले मङ्गलबार भएको भेटमा द्धिपक्षीय भेटका क्रममा आपसी विश्वमा बृद्धि गर्नुका साथै कतिपय विषयहरुमा स्पष्ट रुपमा छलफल भएको थियो । सो भेटका क्रममा अफगानिस्तानको पछिल्लो अवस्थाका बारेमा कुराकानी भएको बताइएको छ । सो भेटका क्रममा तालिबानहरुले आफ्नो सरकारको नीतिका बारेमा विदेशमन्त्री वाङ यीलाई जानकारी दिएका थिए ।

अफगानिस्तानको अन्तरिम सरकारका विदेशमन्त्री अमिर खान मुतागीले अफगानिस्तानको तालिबान सरकारले देशभित्र आतङ्ककारी गतिविधिमा निगरानी राख्ने र मानवअधिकारका पक्षमा काम गर्ने बताउनुभएको थियो । हाल अफगानिस्तानको सरकार महिला अधिकारका विपक्षमा रहेको भन्दै यसका लागि विश्व समुदायले पनि चासो राखिरहेको छ ।

यस विषयमा पनि अफगानिस्तानका विदेशमन्त्रीले स्पष्ट गर्नुभएको थियो । उहाँले हाल अफगानिस्तानले महिला अधिकार, बालअधिकारका साथै बालबालिकाको अवस्थाका बारेमा पनि निकै चनाखो भएर काम गरेको उहाँले बताउनुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?