logo
२०८० चैत्र १५ बिहीवार



प्रधानन्यायाधीश जबराको इजलासमा पाँच मुद्दाको सुनुवाइ

मुख्य समाचार |


प्रधानन्यायाधीश जबराको  इजलासमा पाँच मुद्दाको सुनुवाइ


काठमाडौं, कात्तिक १० गते । सर्वोच्च अदालतको प्रधानन्यायाधीशकाे एकल इजलासमा लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीविरुद्धको अदालतको अवहेलनासम्बन्धी मुद्दाको सुनुवाइ भएको छ ।
यसैगरी सम्पत्ति शुद्धीकरणसम्बन्धी मधुकुमारी चौधरी विपक्षी रहेको मुद्दा, ज्ञानबहादुर जोगीको हकमा अम्बिका विश्वकर्माबाट दायर गरिएको बन्दी प्रत्यक्षीकरणको मुद्दा, जिल्ला अदालत कास्कीविरुद्धको बन्दी प्रत्यक्षीकरणको मुद्दा र कालो बजारी तथा अन्य केही सामाजिक अपराधसम्बन्धी कसुरमा नेपाल सरकार विपक्षी रहेको रोशन जैसवालले दायर गर्नुभएको मुद्दाको पनि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सुनुवाइ गर्नुभएको छ ।
जसमा दुई मुद्दामा कारण देखाउ आदेश जारी गर्नुभएको छ भने एक मुद्दा तामेलीमा राख्नुभएको हो । त्यस्तै एउटा मुद्दा फिर्ता गर्ने र अर्को कैफियत माग गर्न प्रधानन्यायाधीशले आदेश जारी गर्नुभएको छ ।
प्रधानन्यायाधीश जबराको पूर्ण इजलासले लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीविरुद्धको अदालतको अवहेलनासम्बन्धी मुद्दाको सुनुवाइ गर्दै मुद्दा तामेलीमा राख्न आदेश जारी गर्नुभएको हो ।
यसैगरी सम्पत्ति शुद्धीकरणसम्बन्धी मधुकुमारी चौधरी विपक्षी रहेको मुद्दामा निवेदन फिर्ता लिन आदेश भएको छ । त्यस्तै ज्ञानबहादुर जोगीको हकमा अम्बिका विश्वकर्माबाट दायर गरिएको बन्दी प्रत्यक्षीकरणको मुद्दा र जिल्ला अदालत कास्कीविरुद्धको बन्दी प्रत्यक्षीकरणको मुद्दामा कारण देखाउ आदेश जारी भएको छ ।
साथै कालो बजारी तथा अन्य केही सामाजिक अपराधसम्बन्धी कसुरमा नेपाल सरकार विपक्षी रहेको रोशन जैसवालले दायर गर्नुभएको मुद्दामा कैफियत प्रतिवेदन माग्ने आदेश जारी भएको सर्वोच्चले जनाएको छ ।
बुधबार प्रधानन्यायाधीश जबराले ११ वटा इजलास तोक्नुभएको थियो । अन्य न्यायाधीशहरु पेशी बहिष्कार गर्दै आन्तरिक छलफलमा जुट्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?